Hi-Speed Computer

Awareness Campaign

आकाशे पुल बने पछि एकडेढ घण्टाको बाटो १५ मिनेट मै आवतजावत



प्रेम सुनार
७ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीको हाडहाडे गाउँमा ओल्लो र पल्लो डाँडा जोड्ने आकाशेपुल बने पछि स्थानीयको करिब डेढ दुई घण्टाको पैदल यात्रा १५ मिनेटमै आवत जावत गर्ने सुविधा प्राप्त भएको छ।

धुर्कोट गाउँपालिका-३, हाडहाडेको सोमरभोमर र पारी न्युखर्क जोड्ने कुमलडाँडा ठुलाडाँडा ३ सय मिटर लामो आकाशेपुल बने पछि ति दुई गाउँबासीलाई यस्तो सुविधा प्राप्त भएको हो।

सोमरभोमर गाउँका भारतिय सेनाबाट अवकास प्राप्त क्याप्टने प्रेमबहादुर रानाको पहलमा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सरकारका योजना आयोगका पुर्व सदस्य दामोदर भुसालले प्रदेश सरकारबाट योजना पारिदिए पछि वारी धनमुडा, सोमरभोमर र पारी न्युन्युखर्कका सयौं घरधुरी बासिन्दा लान्वित हुँदै आएका छन । हिड्न सक्ने मान्छेलाई एक घण्टा र बृद्ध बृद्धा, बालबालिकालाई झण्डै दुई घण्टा सम्मको पैदल यात्राको सास्ती खेप्नु पर्दथ्यो, न्युन्युखर्कका बासीन्दा सुरेन्द्र सुनार र दिपक श्रीसले भने अहिले यो पुल बने पछि १५ मिनेट मै वारीपारीको यात्रा गर्न सक्ने भएका छौँ।

Forest
Forest
Ad.

लुम्बिनी प्रदेश सरकारको दुई करोड १५ लाख लागतमा ३ सय २८ मिटर लम्बाई र २९८ मिटर उचाईको उक्त पुलको योजना पार्नमा लुम्बिनी प्रदेश सरकारका तत्कालिन योजना आयोगका सदस्य तथा गुल्मीका कांग्रेस नेता दामोदर भुसालले पहल गरे पछि आफुहरुले ठुलो सुविधा पाएको स्थानीय पहल कर्ता क्याप्टेन प्रेम बहादुर रानाले बताए।

गुल्मीको हकमा एक देखि अर्को डाँडा जोडने आकाशे पुलको सुरुवात गर्ने उनै कांग्रेस नेता डाक्टर दामोदर भुसाल हुनुहुन्छ। उहाँले २०६९ , ०७० तिर पौदीअमराईको अरेवा देखि पारी बाग्लुङ्गको सक्न्यारा जोड्ने पुलको योजना पार्न भएको थियो । लगत्तै इस्मा गाउँपालिकाको घर्तिफाँट, इस्मारजस्थल र हाडहाडेको उक्त पुलको योजना स्थानीय समाज सेवी प्रेमबहादुर रानाको पहलमा आफुले पारेको नेता भुसाल बताउछन ।

अरेवा , सक्न्यारा देखि सुरु भएको एक देखि अर्को डाँडा जोडने आकाशे पुल गुल्मीमा धमाधम निर्माण हुन थाले पछि स्थानीयले नसोचेकै सुबिधा प्राप्त गर्न थालेका छन । यस कार्यमा गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी र २ का सांसद गोकर्णराज बिष्टले पनि अगुवाई गर्दै आएक छन । एक देखि अर्को डाँडा जोडने यस्ता पुलहरुले वारीवारीका बासिन्दाहरुले सुगम सुविधा उपभोग गर्न पाएकोले अन्य स्थानमा पनि यस्ता पुलहरु धमाधम बन्नु पर्ने माग उठन थालेको छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →