गुल्मी: गुल्मी जिल्लाका संस्थापक कम्युनिष्ट नेताहरू मध्येका एकजना नेताको मंगलबार बिहान निधन भएको छ। जिल्लाको मदाने गाउँपालिका-६, पैयाठुटाका ९१ बर्षिय कर्ण बहादुर खत्री (कर्ण बा)को आज बिहान ४ बजेको समयमा मृत्यु भएको हो।
लामो समय देखिइ दमको बिमारले ग्रस्त रहेका कर्ण बाको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गए पछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मी जिल्ला समन्वय समितीले यहि कार्तिक १० गते उहाँकै घर मै पुगेर अभिनन्दन गरेको थियो।
खासै बोलि नबुझिए पनि पार्टिलाई अन्तिम सम्बोधन गर्दै कर्ण बाले भनेका थिए मेरो घिड्किसो मेटियो , पार्टिले यसरि म जिवित छदै सम्मान गर्यो । अब मेरो कर्न काण्ड पुरा भयो । उनले थपेका थिए कसै सङ्ग झगडा नगर्नु , फुटेका माओबादि एक हुनु । नेपाली जनतालाई माओवादी पार्टि प्रति ठुलो आश छ । सरकारमा जादा माओवादीले सोचे जस्तो त गर्न सकेन तर अरु पार्टिले भन्दा राम्रो काम गरेको छ ।
त्यसो भन्दा भन्दै कर्ण बाको गला अबरुद्ध भएको थियो । त्यो सुनेर पछाडि बसेका माओवादी नेता तथा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री भक्कानि छाडि छाडि रुदै थिए।
उनले माओबादि केन्द्र मदाने गाउँपालिका गाउँ कमिटि इन्चार्ज बेगम बहादुर चन्दलाई छोरा ठान्थे । उनै चन्द कर्ण बाको उपचारमा खटिदै आएका थिए । सिङ्गो जिल्ला पार्टि पनि उपचारमा खटिएको थियो । मदाने मै घर हुने माओवादीका अर्का नेता बुद्धि जिसिले कर्ण बाले बोलेको कुरा स्मरण गर्दै भने – मेरो मृत्यु हुँदा माओवादी पार्टिको हसिया हतौडा अङ्कित झण्डा ओढाई दिनु , जिवित छदै पार्टिले कार्यक्रम राख्नु । वसिइसियल ले मेरो शव बोकुन । नभन्दै उहाँले बोलेका कुरा पुगे।
२०४२ सालमा भारतमा छदा कर्ण बालाई भेटेका माओवादी केन्द्रका केन्द्रिय सचिब तथा पुर्व कृषी मन्त्री चक्रपाणि खनाल ( बल देव ) पनि उन्स्लाई अभिनन्दन गर्न आएका थिए । त्यति बेला म मशाल पार्टिको कार्यालय सचिबका रुपमा बस्थे । कर्ण बाले भारत प्रभास एकता समाज बनाउन कम्ता मेहनत गर्नु भएको होईन । २०४९ सालमा उहाँ सङ्ग दोश्रो भेट भएको थियो नेता खनालले भने अहिले ३२ बर्ष पछि मैले उहाँलाई भेट्न पाए । उहाँलाई सोधपुछ भने गरिरहन्थे।
पद प्रतिष्ठाको लालच कहिल्लै भएन उहाँलाई जस्तो सुकै अफ्ठ्यारोमा पनि कहिल्यै विचलन आएन उहाँमा , उहाँ जस्तो सतिशाल विरलै पाईन्छ।
जनयुद्ध ताका उहाँलाई तत्कालीन सरकारले पक्राउ गर्ने वा मार्ने सुचना पार्टिलाई आए पछि मलाई पार्टिले उहाँको घरमा खटायो र भगाउन लगायो , म घरै पुगेर बुवा यो यो सुचना आएको छ भाग्नुस भने माओवादि केन्द्र लुम्बिनी प्रदेश कमिटि अध्यक्ष तथा पुर्व मन्त्री सुदर्शन बरालले भने तर उहाँले मान्नु भएन । पक्रेर लग्यो भने मैले पार्टिको गोपनियता छाला काढे पनि खोल्ने छैन । पार्टिका नाममा शहिद हुनेछु भन्दै भाग्न मान्नु ब्गएन ।
उहाँ माओबादि भए कै काएण मेरो बुवा गत २३ बर्ष देखि बेपत्ता हुनुहुन्छ , रातै दिन , आर्मी , पुलिसले घर घेर्ने , कुटपिट लछारपछार सहन नसकेर घर छोड्नु भएका मेरो बुवा बेपत्ता भए पछि म १४ बर्षको उमेरमा जनयुद्धमा लागेकी हु । हाम्रो परिबारमा बर्गिय मुक्ति भन्दा अरु कुनै स्वार्थ रहेन हजुर बुबाले हामीलाई यहि सिकाउनु भएको हो कर्ण बहादुरकि नातिनि तथा माओवादि केन्द्र प्रदेश कमिटि सदस्य निर्मला केसीले भनिन।,
२३ बर्ष देखि बेपत्ता सुर्य खत्री निर्मलाका बुवा कएण बाका जेठा छोरा हुन । कान्छा छोरा निरेन्द्र केसीले स्थानीय गडेरा घाटमा दागबत्ती दिएका छ्न।
अन्त्यिष्टि स्थलमा पुगेका माओवादी केन्द्रका केन्द्रिय सदस्य बिर बहादुर कार्की, जिल्ला पार्टी सचिव अशोक थापा, प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसि , सोहि तहका नेताहरु भुपाल पोख्रेल , बेगम बहादुर र बिध्यार्थि नेता भरत चन्द, लुम्बिनी प्रदेश कमिटी सदस्य खुम बहादुर थापा, माओवादी केन्द्रका युवा नेताहरु गिरि सिंह महाकिम , भरत चन्द , नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा मदाने ७ का पुर्व वडाध्यक्ष काशिबहादुर बोहरा, धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरी लगायतका नेताहरुले पार्टिको तर्फ बाट श्रद्धाञ्जली अर्पण गर्दै पार्टिको हसिया हतौडा अङ्कित झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए।
कर्ण बाले स्थानियलाई कहिल्यै भुल्न नहुने गुन लगाएका छ्न । अरु सानातिना बिकास निर्माणको कुरा छाडौ । सालझण्डि ढोरपाट्न सडक र मध्ये पाहडि लोकमार्ग २०६४ सालको निर्वाचन पश्चात माओवादी प्रचण्ड प्रधानमन्त्री मन्त्री हुँदा राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडी सारिएको थियो । जति बेला सालझण्डि ढोरपाटन सडकपुर्कोटदह हुँदै ल्याउन पहल गर्ने नेताहरू मध्ये एक हुन । २०६४ सालको निर्वाचन जिते पछि माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री मन्त्री हुँदा सालझण्डि ढोरपाटन सडक र मध्ये पाहडि लोकमार्ग खोल्न सुरु गरिएकोले पनि कर्ण बा लगायतका नेताहरुको माग पुरा भएको थियो।
त्यसका अलवा सामाजिक न्यायका पक्षमा सधैव दर्हो सङ्ग उभिने नेता कर्ण बा रहेको बेगम बहादुर चन्द बताउछन् । उनका अनुसार भारतमा नोकरी गर्दाको पुरै तलव तत्कालीन पातलो मशाल पार्टिमा लगाएका थिए । पारलो मशाल एकता केन्द्र बने पछि कर्ण बाले २०४८ सालमा पार्टि सदस्यता लिएका थिए । २०४२ साल अघि नै पातलो मसाल छ्दा बाबुराम भट्टराई र हिसिला यामि सङ्ग प्रारम्भिक सहकारय कर्ण बाले गरेको नेताहरु बताउछ्न । एकता केन्द्रको राजनीतिमा लागेकै कारण २०४८ सालमा कान्छा छोरा निरेन्द्र र कर्ण बा भारतको तिहाड जेलमा १५ दिन बसेका थिए।
त्यस्तै अखिल क्रान्तिकारि गुल्मीले २०७८ असोज ६ गते सदरमुकाम तम्घासमा सम्पन्न १७ औ जिल्ला सम्मेलनमा पनि संस्थापक कम्युनिस्ट नेताका रुपमा सम्मान गरेको सो सङ्ग्ठनका निरवतमान अध्यक्ष राजन पोख्रेलले बताए ।
कर्ण बालाई लुम्बिनी प्रदेश सरकारले २०७८ सालको गणतन्त्र दिवसको अवसरमा क वर्गको मुख्यमन्त्री प्रज्वल दिप पदकले सम्मान गरेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |