Awareness

Get Vaccinated

वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको प्रथम महाधिवेशन सम्पन्न, रायमाझीको अध्यक्षतामा समिति पुनर्गठन



ओझेलका खबर संवाददाता
४ दिन अगाडि


Place for ads

गुल्मी: आगामी कार्तिक ३ र गरे आयोजना हुन गइरहेको चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०८१ को पुर्वसन्ध्यामा वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको तेस्रो साधारण सभा तथा प्रथम महाधिवेशन सम्पन्न भएको छ। हिजो मिति २०८१ असोज ४ गते साँझ पौने आठ बजे भर्चुअल माध्यमबाट सुरु गरिएको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।

वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेय, महासचिव रोमकान्त सापकोटा, वरिष्ठ सल्लाहकारहरु प्रा.डा. जीवलाल सापकोटा, राम केसी लगायतको आतिथ्यतामा सम्पन्न भेलाले निवर्तमान अध्यक्ष बैकुण्ठ रायमाझी कै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश कंडेल, महिला उपाध्यक्षमा निर्मला रायमाझी र उपाध्यक्षमा बिर बहादुर विश्वकर्मा चयन हुनुभएको छ भने महासचिवमा निवर्तमान महासचिव हेमनाथ खराल चयन हुनुभएको छ। यस्तै कमल बराललाई सचिव, अनुप लाखेलाई कोषाध्यक्ष, शिवा केसीलाई सह-कोषाध्यक्ष, विवेक काफ्लेलाई प्रवक्ता र सालिक खत्रीलाई सञ्चार सहयोगीको जिम्मेवारी सुम्पिएको छ।

सदस्यहरुमा हिरामणि सापकोटा (प्रकाश), पुजन सापकोटा, धनमाया राना, प्रकाश लामिछाने (जापान), प्रकाश सापकोटा (अष्ट्रेलिया), विपना खत्री, सुवास परियार (जापान), मेघ प्रसाद श्रेष्ठ, लिलसुगम छन्त्याल र पुनम दर्लामी‌ मगर निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिको काँधमा आसन्न चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी रहेको छ। साथै नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाको तयारी तिव्र पारिएको छ। नेपाली मौलिक संस्कृति संरक्षण र संवर्द्धनमा यस संस्थाको महत्वपूर्ण योगदान रहेको छ।

वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेय, महासचिव रोमकान्त सापकोटा, वरिष्ठ सल्लाहकारहरु प्रा.डा. जीवलाल सापकोटा, राम केसी लगायतको स्वागत मन्तव्य सहित सुरु भएको सभाको सञ्चालन संस्थाका महासचिव हेमनाथ खरालले गर्नुभएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो