Awareness

Get Vaccinated

गुल्मीको मुसिकोटमा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ।

मुसिकोट नगरपालिका-१, बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन। पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय विष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते भएका छन्। उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ। – लुम्बिनी पत्रिका

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →