Awareness Campaign

गुल्मीमा ७६ करोड बजेट फ्रिज



प्रेम सुनार
८ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीका १२ वटा स्थानीय तह बाहेकका सरकारी कार्यालयहरुमा संघ र प्रदेशबाट परेको बजेट मध्ये खर्च हुन नसकी ७६ करोड भन्दा बढि रकम फ्रिज भएको छ।

संघको कुल २५ करोड ८७ लाख ५५ हजार ५३१ र प्रदेशको ५० करोड १९ लाख ४५ हजार १६४ गरी कुल ७६ करोड ७ लाख ६९५ रुपैयाँ खर्च हुन नसकी फ्रिज जाने भएको हो।

संघको चालु तर्फ ७ अर्ब १७ करोड ३६ लाख ५ हजार ४२० रुपैयाँ मध्ये ६ अर्ब, ९२ करोड , ५८ लाख ८५ हजार ८६४ मात्रै खर्च हुन सकेको छ। जुनको खर्च प्रतिशत ९६.६८ प्रतिशत हो।

Forest
Forest
Ad.

त्यस्तै संघको पुँजिगत तर्फ १ अर्ब १ करोड ३० लाख ६२ हजार १३७ रुपैयाँ बजेट मध्ये ९९ सय करोड २० लाख २६ हजार १८२ मात्रै खर्च हुन सकेको छ । जुन खर्च प्रतिशत ९७. ९२ प्रतिशत हो ।

त्यस्तै प्रदेशको चालु तर्फ ७८ करोड २२ लाख २६ हजार ५५७ रुपैयाँ बजेट परेकोमा ६० करोड ५१ लाख ४६ हजार ५२१ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

जुन खर्च ७७.३६ प्रतिशत हो । त्यस्तै प्रदेश पुँजिगत तर्फ १ अर्ब ३५ करोड ५१ लाख ४६ हजार बजेट परेकोमा १ अर्ब ३ करोड १ लाख ८० हजार ८७२ रुपैयाँ मात्रै खर्च हुन सकेको छ। उक्त कुरा जानकारी दिदै कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका सुचना अधिकारी तथा कोष नियन्त्रक नारायण अर्याल भन्छन , विगतको भन्दा गत बर्षको खर्च प्रतिशत सन्तोषजनक नै हो ।

स्थानीय तहको खर्च विवरण आए पछि जिल्लामा अरब बढि रकम खर्च हुन नसकी राज्य कोषमा फिर्ता जाने भएको छ । विकास निर्माण तर्फको बजेट फ्रिज जानुको मुख्य कारण हिउँदभरी कानमा तेल हालेर बस्ने जब आर्थिक बर्षको अन्तिम अर्थात असारे विकास , काम भन्दा पैसा सक्ने प्रवृत्ति हावी हुनु रहेको बुद्धिजिवीहरुको विश्लेषण छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →