Awareness

पृथ्वी मावि पुर्कोदहको मत परिणाम ः विकास श्रेष्ठको अग्रता



प्रेम सुनार
१ हप्ता अगाडि


Place for ads

गुल्मीको मदाने गाउँपालिका –६ , पुर्कोदह स्थित पृथ्वी माध्यामिक विद्यालय ब्यवस्थापन समितिको निर्वाचनका मतगणनाको पहिलो परिणाम सार्वाजानिक गरिएको छ । दुई सय मत गणना हुँदा पुरुष तर्फ विकास श्रेष्ठे अग्रता लिएका छन भने महिला तर्फ माया बिसी केसीले अग्रता लिएकी छन । श्रेष्ठ निकटतम प्रतिद्धन्द्धी दुई मतले अग्रता लिएका छन । कुमारविक्रम थापा र वसन्त कुँवरले ५९÷ ५९ मत ल्याएर बराबरी भएका छन भने श्रेष्ठले ६१ मत ल्याएका छन । त्यस्तै टिकाबहादुर कुँवरले ५२ मत ल्याएको शिक्षा विकास तथा समन्व्य ईकाई कार्यालय प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए ।
महिला तर्फ ५ जना छन । ति मध्ये माया बिसी केसीले ५२ मत ल्याएर अग्रता लिएकी छन । चित्र कुँवरले ४८ मत ल्याएकी छन । कृष्णकुमारी श्रेष्ठले ३५ मत , कमला बिकले ३४ मत र न्युटल बसेकी बिष्णुमाया बिकले ९ मत प्राप्त गरेकी छन । निर्वाचनबाट दुई जना पुरुष र दुई जना महिला विजयी हुने छन। ४ सय २० मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →