Awareness

रोल्पामा जिप दुर्घटनाः एक जना मृत घोषणा , चार जनाको अबस्था चिन्ताजनक



प्रेम सुनार
३ दिन अगाडि


Place for ads

 

 

दाङ्ग । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा  आज साँझदुर्घटना हुँँदा पाँच जना चिन्ताजनक मध्ये एक जना मृत घोषणा गरिएका छन । थप ६ जना पनि गम्भीर घाईते भएका छन ।

एक बालक सहित पाँच जनाको मृत्यु भनिएको छ नि ? भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले मृतप्क भनि ल्याईएका पाँच जना मध्ये जिल्ला अस्पतालका डाक्टरले भर्खर एक जनाको मात्रै मृतक घोषणा गरेको जानकारी दिए ।

। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । डिएसपी लामाका अनुसार दुर्घटनास्थलबाट ११ जनाको उद्धार गरिएको थियो ।

जिपमा ११ जना सवार रहेको बुझिएको छ ।

Awareness by SKF

दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →