Clean Water Campaign

Awareness Campaign

गुल्मीदरबारको स्मार्ट गाउँपलिका बनाउने नीति तथा कार्यक्रम



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी जिल्लाको सदरमुकम नजिकै रहेको र अनेकन धार्मिक र पर्यटक क्षेत्रले भरिपुर्ण गुल्मीदरबार गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउने लक्ष्य लिएको छ । बुधाबार त्यस पालिकाले आयोजना गरेको गाउँसभाकोा १५ औं अधिवेशनमा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्दै त्यस्तो लक्ष्य लिएको बताएको हो ।

सवल, सक्षम र उत्थानशील स्थानीय सरकार निर्माण गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र नागरिकले अनुभूती गर्ने गरी गुणस्तरीय सेवा प्रवाहको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै स्मार्ट गाउँपालिका बनाउने नीति ल्याइएको आर्थिक बर्ष २०८१ ÷०८२ को नीति तथा कार्यक्रम पेश गर्दै त्यस गाउँपालिका अध्यक्ष सभामा नीति सरोजकुमार थापाले अध्यक्ष थापाले बताए ।

उहाँले गाउँपालिकाका सबै घरपरिवारलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन एक घर एक धाराको कार्य सम्पन्न गर्ने भन्दै उहाँले यस गाउँपालिकामा फलफुल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तर परिवर्तन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सिंचाई
Forest
Ad.

 

गाउँपालिका तथा वडाको मुख्य सडक र सहायक सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी चल्ने व्यवस्था मिलाइने नीति ल्याइएको उहाँले बताउनुभयो । सामाजिक समावेशीकरणको नीति अवलम्बन गर्दै विकासको मूल प्रवाहमा सबै क्षेत्रलाई समावेश गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष थापाले बताए ।

त्यस्तै, गाउँपालिकाले विभिन्न स्थानमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रर्वद्धर्न सहित रोजगारीमा वृद्धि गर्ने भन्दै वातावरणमैत्री स्वच्छ र सुन्दर गाउँपालिका निर्माण गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाका सबै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरिने नीति ल्याइएको सभामा सुनाईएको थियो ।

 

Awareness by SKF

सामाजिक बिकास तर्फ बिद्यालय शिक्षालाई गुणस्तरिय , सर्वशुलभ , समतामुलक सबैको पहुँच सुनिश्चिता गर्न आबश्यक पर्ने कार्ययोेजना रहेको र कक्षा ४ र ५ मा स्थानीय पाठ्यपुस्तक हाम्रो गुल्मीदरबार कार्यन्वयनमा ल्याईने बताउनु भयो । त्यस्तै सुचना तथा सञ्चार प्रविधीलाई समग्र शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा एकिकृत गर्दै डिजिटल क्लास रुम चलाउन ईच्छुक बिद्यालयललाई प्रस्ताव पेश गर्न नीति तथा कार्यक्रममा मार्फत आग्रह गरिएको बताउनु भयो ।

संस्कृति तर्फ ऐतिहासिक गुल्मीदरबार मेलाको आयोजना गरी स्थानीय उत्पादन प्रदर्शन सहित उद्योग र पर्यटन विकासमा जुटने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै युवा खेलकुद विकास तर्फ खेलाडी संग गाउँपालिका कार्यक्रम मार्फत खेलकुद विकास गरिने र युवाहरुलाई रोजगारी दिन हाम्रो लगानी हाम्रो रोजगारी कार्यक्रम अगाडी सारिएको बताए ।
त्यस्नै जेष्ठ नागरिक र अपाङ्गा संग गाउँपालिका कार्यक्रम मार्फत उनका संरक्षकहरुलाई सम्मान गरिने बताउनु भयो । स्वास्थ्य तर्फ अन्य पालिका भन्दा अब्बल मानिएको त्यस पालिकाले जिल्लामा सबै भन्दा पहिला निर्माण कार्य सम्पन्न गरेको १५ शैयाको आधारभुत अस्पतालमा आबश्यक उपकरण सहित एमबिबिएस डाक्टर , ल्याव असिस्टेन र एसबिए तालिम प्राप्त नर्स लगायतको दक्ष जनशक्ति व्यवस्थापन गरी २४ सै घण्टा सेवा प्रवाह गर्ने लक्ष्य लिईएको कार्यक्रममा उल्लेख छ ।

कृषि तर्फ खेत देखि पेट सम्म , गोठ देखि ओंठ सम्म नाराका साथ सफा स्वच्छ खानालाई पोषणयुक्त बनाउन कार्ययोजन अगाडी सारिएको र विभिन्न वालीको उत्पादन बृद्धिका लागि अन्य विभिन्न कार्यक्रमहरु अगाडी सारिएको बताउनु भयो । सरकारी एवं वित्तिय संस्था , वातवरण , जलवायु परिवर्तन तथा विपद व्यवस्थापन भौतिक पसर्वधार , राजश्व तथा आन्तरिक श्रोत लगायत विभिन्न क्षेत्रका लागि विविध कार्यक्रम अगाडी सारिएको गाउँपालिका अध्यक्ष थापाको भनाई छ ।

गाउँसभामा त्यस पालिका उपाध्यक्ष तारा थापा ढंगा , प्रमुख प्रशासिकय अधिकृत राजिव पन्थी सहितका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता थियो । अन्य पालिकामा जस्तै त्यस पालिकामा गाउँसभा जस्तो महत्वपुर्ण कार्यक्रममा पनि विभिन्न राजनैतिक दल, संघ संस्था र सर्वसाधरणको उपस्थिती देखिदैनथ्यो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →