Awareness

गाँजा र लोकल रक्सीको माग गर्यो छत्रकोटको युवा संघले



प्रेम सुनार
१ हप्ता अगाडि


       

Place for ads

गुल्मी  असार  ४  ।  गुल्मीको छत्रकोट गाउँपालिकाको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले त्यस पालिका संग गाजा खेती र लोकल रक्सी उत्पादनलाई वैधानिकता प्रदान गर्न माग गरेको छ ।

“न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा” भन्ने राष्ट्रिय नाराका साथ अघि बढिरहेको उप्त सङ्गठनले छत्रकोट गाउँपालिका सभामा पेश गर्न लागेको पुर्व सन्ध्यामा सो सहित विभिन्न बुदाका मागहरु पेश गरेको हो ।

सो सङ्ग्ठनका छत्रकोट गाउँपालिका अध्यक्ष किरण न्यौपानेले त्यस पालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई बुझाएको माग पत्रमा भनिएको छ – माथी उल्लेखित नारालाई ऐक्यबद्धता गर्दै राष्ट्रिय युवा संघ नेपाल छत्रकोट पालिका कमिटीले छलफल गरी आर्थिक वर्ष २०८१/८२ को लागि निम्न बमोजिमका योजनाहरू छत्रकोट गाउँपालिकाको नीति, कार्यक्रम र बजेट मार्फत समावेश गरिदिनुहुन विनम्रताका साथ माग गर्दछौ  ।

१) बढ्‌दो युवा पलायन को समस्या र आर्थिक समृ‌द्धिमा उत्पादनको भूमिकालाई मध्यनजर गर्दै युवाहरूलाई एकीकृत गरी सामूहिक लगानीको अभ्यासका साथ एक वार्ड एक उ‌द्योग, एक उ‌द्योग कम्तीमा ३० रोजगारीको माग गर्दछौं।

२) व्यावसायिक कृषि उत्पादन र बजारीकरण मार्फत समग्र आम जनमानसको आयमा वृद्धि गर्न सकिने भएकाले एकीकृत कृषि प्रणालीको अभ्यास, कृषिमा एकरूपता र उत्पादित वस्तुहरूको आधारमा अनुदानको व्यवस्थालाई महत्वका साथ अघि बढाउनुहुन अनुरोध गर्दछौं।

३) राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा रहेका सहकारी सँग सहकार्य गरी उत्पादन, रोजगारी सिर्जना, वित्तीय साक्षरता र बजारीकरणका कार्यक्रमहरू गम्भीरताका साथ अघि बढाउनु हुन अनुरोध गर्दछौं।

Awareness by SKF

४) बेरोजगार युवाहरूको सूची तयार गरी कृषि सेनाका रूपमा परिचालन गर्न अनुरोध गर्दछौं।

५) टोल विकास संस्थालाई मजबुत र व्यवस्थित बनाई योजना कार्यान्वयनका क्रममा जनश्रमदानको शीर्षकलाई अनिवार्य कार्यान्वयन गर्नुहुन अनुरोध गर्दछौं।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →