गुल्मी । नेकपा एकिकृत समाजवादी पार्टी गुल्मीका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । सो पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष चन्द्र सुनारको नेतृत्वमा दर्जन बढी नेताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन । सुनार एमालेका पुर्व जिल्ला कमिटी सदस्य थिए ।
प्रवेश गर्नेहरुमा सोही पार्टीका केन्द्रिय परिषद सदस्य तथा प्रदेश कमिटी सदस्य निर्मला राउत , जिल्ला कमिटी सचिवालय सदस्यद्ध्य लक्ष्मण सुनार र रेशम पाण्डे सहित दर्जन बढि कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनको समापन समारोहमा उनिहरुलाई सो पार्टीका सचिव तथा प्रतिनिधी सभा सदस्य गोकर्ण बिष्ट , केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सुर्य थापा , अर्का केन्द्रिय सदस्यहरु जंग नेपाली, गणेश खनाल लगायतका नेताहरुले स्वागत गरेका थिए ।
आफु विगत लामो समय सम्म नेकपा एमाले मै काम गरेको र आगमी दिनमा पनि एमाले मै रहेर जनताको सेवामा जुट्ने प्रण गरेको नेता सुनारले बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |