Hi-Speed Computer

Awareness Campaign

एमाले गुल्मी अधिवेशनः मतदानको सम्भावना (भिडियो सहित)



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन अहिले सम्मकै पेचिलो बन्दै गएको छ। जेठ २९ र ३० गते सम्मको पुर्व निर्धारित अधिवेशनको तालिका रहेको भए पनि ३१ गते बिहान सम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन सकेको छैन।

आज बिहान ८ बजे देखि निर्वाचन स्थल एमालेको पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको भिड थियो । आझै पनि उपमहासचिव प्रदिप ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र पद्मा अर्याल, जिल्ला ईन्चार्ज सुर्य थापा लगायतका नेताहरु सर्वसम्म नेतृत्व चयनकै कसरतमा रहेको निर्वतमान पार्टी सचिव गणेश श्रीपालीले जानकारी दिए।

प्रमुख निर्वाचन अधिकृत अधिबक्ता गोपाल खनालकाा अनुसार उमेदवारी फिर्ताको समय १० बजे सम्म तोकिएको छ । त्यो समय भित्र उमेदवारी फिर्ता नभए त्यस पछि मतदान हुने वा समय थपिन पनि सक्ने जानकारी दिए ।

Forest
Forest
Ad.

अध्यक्ष पदको उमेदवारी दिएका बालसिंह काउछा र हिरा एसीले उमेदवारी फिर्ता नलिने अडानमा भएपछि नेताहरुको सर्वसहमतिको प्रयास यो बेला सम्म विफल भएको हो ।

उपाध्यक्षमा निर्वतमान सचिव गणेश श्रीपाली, मुसिकोट नगरपालिकाका मेयर जिवन खरेल , र चेतन बस्नेतको उमेदवारी परेको खनालले जानकारी दिए । उनका अनुसार सचिवमा माओवादी केन्द्रबाट एमालेमा गएका धर्म बिश्वकर्मा, रेसुङ्गा नगरपालिका १० का पुर्व वडाध्यक्ष पदम अर्याल, गोविन्द गौतम , फर्शु ज्ञवालीको उमेवदवारी परेको छ ।

उपसचिव खुल्ला तर्फ छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , ओमबहादुर कार्की, हिमाल श्रेष्ठ , कृष्णप्रसाद भण्डारी , चक्रबन्धु भुसाल , फर्शुराम ज्ञवाली, चुराबहादुर बिष्ट र लक्ष्मीदेवि पन्थको उमेदवारी परेको छ ।

युवा १० जनाका लागि ३१ जनाको उमेदवारी परेको छ । युवा महिला २ जनाका लागि ५ जनाको उमेदवारी परेको छ । आदिबासी जनजाती (खुल्ला) ३ जनाका लागि ६ जनाको उमेदवारी परेको छ । आदिवासी जनजाती महिला ४ जनाका लागि ३ जनाको उमेदवारी परेको छ।

Awareness by SKF

अल्पसंख्यक १ जनाको लागि ६ जनाको उमेदवारी परेको छ। पालिका बाट जिल्ला कमिटीमा आउने उमेदवारीमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका उम्मेदवारद्वय मध्ये काउछालाई उपमहासचिव ज्ञवाली निकट र एसीलाई सचिव बिष्ट निकट मानिने गरिएको कार्यकर्ताहरुको भनाई छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →