Clean Water Campaign

Awareness Campaign

एमाले गुल्मीको अधिनवेशन उद्घाटन आज, ओलि नआउने



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी जेठ २९ । नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन आजदेखि शुरु हुने भएको छ । जेठ २९ र ३० गते दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलि आउने भनेर ब्यापक प्रचार गरिएको भए पनि नआउने भएको सो पार्टीले जनाएको छ ।
अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।

सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको उद्घाटन गर्न सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली आएको बताईएको छ ।त्यस्तै पार्टि   सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा, अन्य केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुकोसहभागिता रहने भएको छ ।

सिंचाई
Forest
Ad.

अधिवेशनमा करिब ७ सय प्रतिनिधी सहभागि हुने सचिव श्रीपालीले बताए ।अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।

जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । नेकपा एमाले गुल्मीमा १० हजार बढी संगठीत सदस्य रहेको पार्टीले जनाएको छ । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष बाल सिंह काउछा र सचिवालय सदस्य हिरा एसि बिच कडा प्रतिस्पर्धा हुने चर्चा छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →