Awareness

Get Vaccinated

किन जान्छ गुल्मीमा छिनछिनमा बिजुली? (भिडियो सहित)



प्रेम सुनार
२ महिना अगाडि


       

Place for ads

गुल्मी,  जेठ  १५ :  गुल्मीमा केहि दिन यता बिद्युत बत्ति पटक पटक अबरुद्ध हुँदा यहाँका बासीन्दा  आजित भएका छन । हामीले पटक पटक बिद्युत प्राधिकरणका  गुल्मी बितरण केन्द्रका प्रमुख  अजुर्न पोखरेललाई  फोन गरेर आम जनताको गुनोस सुनाउँदा पनि बत्ति जाने समस्या  समधान नभए पछि सोमबार कार्यालय मै गएर उहाँको ध्यानकृष्ट गराएका छौं ।

पोख्रेल भन्छन –‘ पछिल्लो चरण यसरी बत्ती   गईरहनुको मुख्य कारण   मोटरबाटो खन्ने क्रममा जथाभावी  डोजर चलाएर  बिद्युतका हाईटेन्सन लाईनमा क्षति पुराई दिने ,  पोल ढलाई दिने गरिएको छ  ।   त्यसमा पनि  रिडी   तम्घास सडक खण्डमा मदन भण्डारी राजमार्ग स्तरन्नोतीका क्रममा विद्युत प्राधिकरण संग सम्वन्ब्य नगरी मनपरी रुपमा डोजर चलाउँदा बुटवल , पाल्पा रिडी हुँदै बिरबास सवस्टेसनमा जोडिने लाईनमा समस्या छ । त्यसका बाबजुद पनि हाम्रा साथीहरु  जति  बेला पनि फिल्ड मै हुनुहुन्छ र  विद्युत अवरुद्ध हुन नदिनृ काममा खटिनु भएको छ।’

पोखरेलका अनुसारा गुल्मीमा बिद्युतका श्रोत  दुई वटा छन । एउटा  बुटवल पालपा रिडी हुँदै ३३ केभी लाईन बिरबासा सवस्टेशनमा र सोही सवस्टेशनमा अर्घाखाँचीको फुदुङ देखि दुर्गाफाँट हुँदै चिदिका केभी नै लाईन  जडान हुन्छ   । त्यहाँबाट  वस्तु शव स्टेशन हुादै सदरमुकाम तम्घास लगायत  उत्तर   पश्चिम सप्लाई हुने गर्दछ ।

त्यस सवस्टेशनबाट   बिद्युुत दैनिक घण्टौं अवरुद्ध हुँदा  जनता मारमा छन ।  यसबाट उद्योगी ब्यवासयीहरु , सञ्चार संस्था मर्कमा परेका  छन । पश्चिम तर्फ सामुदायिक रेडियो धुर्कोट ,  उत्तर तर्फ  पौदीअमराईको  सामुदायिक रेडियो छत्रभुमी,  वामीटक्सारको सामुदायिक रेडियो पुष्पाञ्जली प्राय बन्द हुँदा सञ्चारविहनिको अवस्था रहेको स्थानीयले बताएका छन ।   बिद्युत अबरुद्ध हुँदा फोनको टावरले समेत काम नगरेर सर्वसाधरण  पनि सञ्चार विहिन बनेका छन ।    यसबारे  आफुहरु गम्भीर रहेको र  यो समथानमा आफुहरु जुटने कार्यालय प्रमुख पोखरेलले प्रतिबद्धत्ता जनाए ।

जथाभावी  मोटरबाटो खन्नुले विद्युत जानुको एउटा कारण र विद्युत प्राधिकरणका प्राविधिकहरुको पनि  हेलचाक्राई हुन सक्छ ।   यसर्थ त्यस कार्यालयलाई अलि दवाव दिएर विद्युतको समस्या समधान गर्न पहल गरी दिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको पनि ध्यानकृष्ट गराएका थियौं ।  प्रजिअ शर्मा भन्छन ‘मैले प्राधिकरणलाई  यो समस्या समधान गर्न बारम्बार घचघचाएको छु  पुनः घचघचाई रहने नै छु । उता उनायचौरको नवनिर्मित सवस्टेशनमा पनि परिक्षण चार्ज सुरु भएको छ  ।  एक महिना भित्र मै  त्यहाँबाट विद्युत सप्लाई गरिने जानकारी दिईएको छ । त्यस पछि दिर्घकालिन रुपमै समस्या समधान हुने  नै छ । ’

सम्बन्धित निकाय  यो समस्या समधानमा गम्भीर भएर लागोस ।   यो समस्या बेलैमा समधान नभए जनताको  आक्रोष   विगतमा झै कार्यालय मै पोखिन सक्छ ।   सजग हौं ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →