Clean Water Campaign

Awareness Campaign

गुल्मी देखि बुटवल-सुनौली सम्म अब विद्युतिय गाडी



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: राजधानी सहित देशका ठुला शहरहरुमा विद्युतीय यातयातका साधन सञ्चालनमा आई रहेको बेला पहाडी जिल्ला गुल्मीमा पनि ईलेक्ट्रोनिक भेहिकल (ईभी) अर्थात विद्युतिय गाडी सञ्चालनमा आएका छन्। जिल्लाको पुर्काटदह, तम्घास हुँदै सुनौली सम्म आवतजावतको अनुमति प्राप्त ‘मैत्री यातायात सेवा‘ बिहिबार देखि औपचारिक रुपमा शुभारम्भ भएको हो।

सदरमुकाम तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बुहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्याधुनिक सुविधा सहितको विद्युत बाट चल्ने १० वटा माईक्रो गाडी सञ्चालनमा ल्याए पछि सदरमुकाममा यातायात सेवा सुचारु भएको ४१ बर्ष पछि यातयात सुविधा नयाँ युगमा प्रवेश गरेको छ।

बिहिबार बिहान भव्य समारोहका बिच जिल्ला समन्वय प्रमुख द्रोेणबहादुर खत्री, रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष बालसिंह काउछा लगायतले उक्त गाडीमा सदरमुकाम भित्र यात्रा गरी जिल्लामा यातायातको नयाँ युगको शुभारम्भ गरेका हुन।

सिंचाई
Forest
Ad.

जसरी २०३९ सालमा पहिलो पटक सदरमुकाममा ट्रयाक्टर आउँदा यहाँका मानिसहरु रमाएका थिए, त्यसरी नै २०८० को चैत्र २२ गते यसो हेर्दा जहाज आकृतिको सेतो माईक्रो विद्युतबाट गुडेको देख्दा यहाँका मानिस रमाउँदै नियाली रहेका थिए।

जिल्लाको सदरमुकाम तम्घास र रिडीमा पहिलो पटक चार्जिङ स्टेशन स्थापना गरिएको र आधा घण्टा चार्ज भए पछि गाडीहरु २ सय किलो मिटर गुड्ने सोही यातायात व्यवसायी काशी पाण्डेले बताए।

राजधानीमा झण्डै २० प्रतिशत ईभी चलिरहेको अवस्थामा मैत्री सहकारीले मैत्री यातायात दर्ता गरी धुलो र धुवारहित सवारी साधान सञ्चालन गर्न सुरु गरिएको त्यस सहकारीका सञ्चालक ओम कार्कीले जानकारी दिए।

वर्तमान सरकारले पेट्रोलियम पदार्थमा ठुलो धनराशी बाहिरी मुलकमा पुगेकोले त्यसलाई रोक्न आफ्नै मुलुकमा उत्पादित विद्युतबाट यातायातका साधन सञ्चालनमा ल्याउन प्रोत्साहित गरिरहेको बेला मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्ना १५ जना युवा बेरोजगार शेयर सदस्यहरुलाई लगानी प्रवाह गरी उद्यमी बनाएको छ। १० जना चालकहरुले प्रत्यक्ष रोजगारी पाएका छन। त्यस संस्थाका प्रबन्धक अजुर्न आचार्यले २० प्रतिशत शेयर सदस्य र ८० प्रतिशत अर्थात कुल साढे चार करोड लगानी गरेको र प्रति गाडीको मुल्य ५६ लाख ५० हजार रहेको बताए।

Awareness by SKF

गाडी भित्र फ्रि वाइफाई सेवा, एसीको सुविधा, कहाँ आईयो भनेर हेर्न सकिने जिपीएस सेवा र सिसी क्यामराको सुविधा, गाडीको विशेषतः संस्थाको उद्देश्य, र फाईदा बारे सहकारी संस्थाका अध्यक्ष शंकरप्रसाद गौतमले बताए।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख खत्रीले जसरी संस्थाको नाम मैत्री छ त्यसरी नै यायायात सेवा प्रवाहमा पनि मैत्री बनोस् भनेर शुभकामना व्यक्त गरेका थिए।

यसरी जिल्लामा विद्युतिय गाडीको सुविधा भए पछि पेट्रोलियम पदार्थको अभावमा कतिपय अवस्थामा यातायात सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। न्युन भाडा दरको सुविधा संगै गाडीमा प्राप्त सुविधाले पनि यात्रीहरुको यात्रा आनन्दमय हुने भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →