Clean Water Campaign

Awareness Campaign

गुल्मीबाट एसइई दिने विद्यार्थी घट्दै, यस वर्ष ६ सय बढी घट्ने



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या पछिल्लो तीन बर्ष यता घट्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको तथ्यांकले यस्तो देखाएको हो। गत वर्ष भन्दा यस बर्षको एसइई परीक्षामा ६ सय बढी विद्यार्थी घट्ने भएका छन।

चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसइई परीक्षाको तयारीका सम्बन्धमा मङ्गलबार सो कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो। जिल्लामा गतवर्ष भन्दा अहिले ६२५ जना विद्यार्थी कम सहभागी हुने भएको सो कार्यालयले जनाएको छ।

१३८ विद्यालयका चार हजार ९७ विद्यार्थी सहभागी हुँदा नियमित साधारण धारतर्फ तीन हजार ७७७ र नियमित प्राविधिक धारतर्फ २९५ विद्यार्थी परिक्षामा सहभागी हुनेछन्। नियमित खुलातर्फ १३ र ग्रेडवृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

२०७९ को एसइईमा १४० विद्यालयका चार हजार ७२२ विद्यार्थी विभिन्न २८ परिक्षा केन्द्रमा सहभागी भएका थिए। त्यस्तै

२०७८ को एसइईमा १४० विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी भएका थिए।

जन्मदर कम हुनु र बसाइँसराइले एसइईमा सहभागी हुने विद्यार्थीहरुको सङ्ख्या घटेको कार्यालय प्रमुख मरासिनीले बताए।

यो वर्षको एसईई परिक्षाको तयारी पुरा भएको र परीक्षा मर्यादित र विद्यार्थीहरुलाई भयरहित वातावरण सिर्जना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →