Clean Water Campaign

Awareness Campaign

निर्माणको क्रममा २ पटक भत्किएको झेँदी पुल तेश्रो पटक बन्न थाल्यो



सागर भण्डारी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ वामी र वडा नं ३ जोड्ने बडिगाड खोलामा पक्की पुल निर्माणको काम पुन : सुरु भएको छ । निर्माणको क्रममा २/२ पटक भत्किएको उक्त पुल पुन : निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले निर्माण सकिसक्नुपर्ने बेला भएपनि यद्यपी पुन ढिलै भएपनि निर्माणको काम सुरु भएको हो । यसपटक भने निर्माणले गतिलिन थालेको छ । अहिले पिल्लर सहित अन्य फलामे फिटिङ बोडिहरु तयार गर्ने काम भईरहेको छ ।

‘पहिलो पटक पुल बन्न लाग्दा निकै खुसी थियौँ, बन्न लागेको २ पटक भत्किँदा अब पुल नै बन्दैन जस्तो लाग्यो स्थानीय वडा नं ७ झेँदीका अर्जुन केसीले भन्नुभयो -अहिले फेरी निर्माण सुरु हुन लाग्दा पुल बन्छकी भन्ने आशा जागेको छ ।’

सिंचाई
Forest
Ad.

सोही ठाउँका स्थानीय चुरा बहादुर नगरकोटीलाई भने यसपटक पनि पुल बन्छ भन्ने आशा लागेको छैन । ‘खै बीचमा पनि ठेकेदारले काम गरेजस्तो गरेर गए २/२ पटक बनाउँदै भत्कियो सबै सम्पन्न भएर गाडी चल्न थालेमात्रै विश्वास होला- उहाँले भन्नुभयो ।

मुसिकोट नगरपालिकाको वडा नं २, ३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुने उक्त पुल निर्माणको क्रममा पहिलो पटक २०७६ साल बैशाख १ गते र दोश्रो पटक त्यसको १ वर्षपछि २०७७ साल वैशाख ३ गते निर्माणकै क्रममा भत्किएको थियो ।

५५ मिटर लामो बडिगाढ खोलामाथि बन्दै गरेको उक्त पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको काम सुरु गरेको हो । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण हुँदैछ ।

पहिलेको भन्दा केही डिजाईन परिवर्तन गरि पुल निर्माण गर्न लागिएको छ । यस पटक बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो । निर्माण व्यवसायी मोतिलाल सापकोटाले यस अगाडी २०७८ फाल्गुणमै निर्माण सुरु गरिएपनि स्वीस सरकारबाटै नक्सा स्वीकृत हुनपर्ने र केही संरचना थप भएका कारण निर्माणमा ढिलाई भएको बताए । अब बैशाखसम्म निर्माणको काम सकिने उनको भनाई छ ।

Awareness by SKF

ट्रष्ट बडर प्रविधि मार्फत बन्दै गरेको पुल पुरानै फाउण्डेसनमा निर्माण हुनेछ । पुरानो डिजाईन भन्दा केही नयाँ प्रविधिको डिजाईनबाट पुल निर्माण हुन लागेकाले यस पटक भने पहिले जस्तो भत्किने डर नरहेको सापकोटाको भनाई छ ।

उक्त पुल निर्माण भएमा मुसिकोट नगरपालिकाका ३ र ४ वटा मात्रै नभएर नगरपालिकाका ९ वटै वडाका नागरिकलाई सदरमुकाम तम्घास पुग्न र छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सहज हुनेछ । मुसिकोट केन्द्र वामीदेखि सदरमुकाम पुग्न अहिले रहेको ३४ किलोमिटर यात्रा १० किलोमिटर घट्ने छ ।

त्यस्तै वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म आउन समेत सहज हुनेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो