Clean Water Campaign

Awareness Campaign

गुल्मी मुसिकोटकी एक बालिकाको स्थानीय एक पुरुषद्वारा भारतमा हत्या



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आफ्नै छिमेकी बालिका संग मामा बनेर नजिक भएका गुल्मीका एक पुरुषले भान्जीको पवित्र नाता प्रति कुकर्म गर्दै भारतमा विभत्स हत्या गरेका छन।

जिल्लाको मुसिकोट नगरपालिका-२, खस्थोक अमराईका अन्दाजी ४५ बर्षीय पुरुष कतै द्रोण त कतै रामबहादुर विक नाम रहेका व्यक्तिले सोही नगरपालिका-३, मैदानकी १४ बर्षीया बालिका रेखा नेपालीको चक्कु प्रहारी गरी गत सोमबार साँझ भारतको हरियाणा स्थित गुरुग्राम ईन्द्र विकास कोलोनी सेक्टर ३० मा विभत्स हत्या गरेका परिवारजनले बताएका हुन।

हत्या आरोपी विक त्यसै साँझ देखि फरार छन। रामु उपनाम र गाउँमा साईलो समेत भनेर चिनिने विकले गत ६ महिना अघि देखि ति बालिका संग भान्जी भन्दै नजिकिदै आएका  थिए। किन मेरी छोरीलाई कहिले के दिएर कहिले के दिएर नजिक पार्दै आएको छ भनेर आफुले शंका गरिरहेको अवस्थामा निज रामबहादुरले ६ महिना अघि  तेरी छोरीले मेरो ११ हजार र मोबाईल लगेकी छ।

सिंचाई
Forest
Ad.

दिईनस भने तेरो घरको चार जना परिवार मध्ये एक जनाको हत्या गरि दिन्छु भनेर धम्काउने गरेको, छ महिना अघि निजको र आफुहरुको कोठा आमने सामने भएको, पछि त्यो कोठा छोडेर गएको मान्छे पनि फेरी आफु डेरा गरी बस्ने घरको तेश्रो तलमा दुई महिना अघि बस्न आएको मृतक रेखाका बाबु ज्ञानबहादुर नेपाली बताए। उनले निज राम बहादुर सहित तीन जना त्यस कोठामा बस्ने गरेको मध्ये दुई जनालाई प्रहरीले सोधपुछ गरि छाडेको बताए।

त्यस दिन साँझ करिब साढे ६ बजेको समयमा भाँडा धने साबुन किनेर ल्याउँछु भन्दै घरबाट निस्कीएकी रेखा धेरै बेर सम्म नआए पछि खोज्दै जाने  क्रममा आमा आशा नेपालीले छोरीको शव उनै रामबहादुरको कोठामा घाँटी र पेटमा छुरा प्रहरी गरि रक्ताम्मे अवस्थामा देखेको र आफू बेहोस भइ पल्टेको बताईन।

मुसिकोट नगरपालिका-२ का वडा सदस्य रामबादुर महतका अनुसार गाउँमा उनलाई साईलो भनेर चिनिए पनि स्कुलमा द्रोण बहादुर विक र कतै रामहादुर विक भनिन्न्थ्यो। उनकी एक श्रीमतीको मृत्यु भएको र अर्कीले छाडेर हिडेको महत बताउछन। गत २२ बर्ष देखि भारतमा बस्ने उनको पृष्ठभुमि खासै राम्रो नभएको महतको भनाई छ।

भारत मै रहेका मृतक रेखाका आफन्त कमल नेपालीका अनुसार गुडगाउँ स्थित प्रहरीले शव पोष्टमार्टम गरि अनुसन्धान थाल्नुका साथै हत्या अभियोगीलाई खोजतलास गरिरहेको छ। रमृतकका आफन्तजनले हत्या आरोपी विक विरुद्ध किटानी जाहेरी दिएका छन। गुडगाउँ स्थित प्रहरी प्रमुख डिएसपी अनिल कुमार संग सम्पर्क राख्दा उहाँले घटनाको डिटेल पछि मात्र दिने बताउनु भयो। छोरीको बलात्कार पछि हत्या भएको परिवारजनको दावी छ।

Awareness by SKF

निज रामु भन्ने रामबहादुर विकलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा आफन्तजनलाई सूचित गरि दिन आग्रह गरिएको छ। हत्या आरोपी विक र मृतकका परिवारजन वडा फरक भए पनि छिमेकी हुन।मृतकका बाबु आमा, एक छोरा, एक छोरी गत ६ बर्ष देखि भारतमा बस्दै आएका थिए। उनिहरुको घरमा चरम गरिबी छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →