Clean Water Campaign

Awareness Campaign

बागलुङकी दिया कुवेतमा बन्धक, उद्धारको पहल गरिदिन परिवारजनको आग्रह (भिडियो सहित)



प्रेम सुनार
२ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी ‌बागलुङकी एक चेली आफैले काग गर्ने घरको मालिकबाट असुरक्षित हुँदै आईरहेकी र पछिल्लो पाँच दिन यता कोठामै बन्धक बनाएर राखिएको खबर प्राप्त भएको छ।

जिल्लाको निसीखोला गाउँपालिका-७, राजकुटकी दिया सुनार फेशबुक आईडि भएकी खिरमती सुनार कुबेदको जहराऐ भन्ने स्थानको एक घरको मालिक बाट असुरक्षित हुनु परेको उनका परिबारबाट खबर प्राप्त भएको हो।

घर मालिकले उनलाई कुटपिट यातना दिने गरेको र पछिल्लो पाँच दिन यता घरमै बन्धक बनाएर राखेको खिर्व्मतिका मामा रोदन बिकले बताउनु भयो।

सिंचाई
Forest
Ad.

विवाहित खिरमतिलाई श्रीमानले हेला गरेपछि उनि गत चैत्र महिनामा कुवेत उडेको र हाल सम्म ५२ हजार बढि रकम पठाएको उहाँको भनाई छ ।

एक हप्ता अघि सम्म फोनमा कुराकानी भैरहने गरेको तर एक हत्ता देखि नभएको र कोठामा थुनेर राखेको जानकारी पाएको खिरमतिकि बहिनि हिरा सुनारले बताउनु भयो ।

पठाउने मेनपावर र एजेन्ट परिवारजनलाई थाह छैन । खिरमतिले खिचेर पठाएको पासपोर्टमा केहि बुझिदैन । पठाउने एजेन्टको मोबाइल नम्बरमा फोन गर्दा न उठाउने र स्विच अफ गर्ने गरेको उनकि आमा दुर्गि सुनार सुनाउनु हुन्छ ।

नेपाल सरकारको सम्बन्धित निकायले तिनै एजेन्टको फोन नम्बर मार्फत सबै कुरा पत्ता लाग्ने भएकोले खोजतलास गरिदिन परिवारजनले आग्रह गरेका छन। त्यस्तै कुवेत स्थित नेपाली सङ्ग सङ्गठन र नेपाली दुताबासले पनि खिरमतिको उद्धारका लागि पहल गरिदिन जरुरी देखिएको छ।

Awareness by SKF

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →