गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा एक वृद्धा महिला श्रीमानको मृत्युमा उनका परिवारले घरमा काजकिरिया गर्न नदिए पछि सार्वाजानिक स्थानमा काज किरिया गरेर बसेकी छन।
त्यस पालिका वडा नम्बर ६, पुर्कोटदह साउनेपानी घर भएकी ८४ बर्षीय पवी खत्री श्रीमान तुलबहादुर खत्रीको यहि मंसिर १० गते मृत्यु भएको र उनका परिवारजनले घरमा काज किरिया गर्न नदिए पछि उनि सार्वजनिक स्थानमा महिलाहरुले सुरक्षा घेरा दिई काजकिरिया गर्न बसेकी हुन।
२०२७ साल अघि सम्म पवी पुन मगर समुदायकी बुहारी थिईन। श्रीमानको मृत्यु पश्चात उनी एकल महिला बनिन्। त्यो बेला छिमेकी तुलबहादुर खत्रीले उनलाई श्रीमानका रुपमा सहारा दिने प्रलोभन देखाई माया प्रेमको जालमा पारे। अन्ततः खत्रीबाट २०२८ सालमा एक छोरी नन्दाकुमारीको जन्म भयो। अहिले उनै छोरी नन्दाकुमारी ५२ बर्ष उमेरकी भएकी छन्। खत्री परिवार विगतमा घिमिरे थर लेखाउने भएकोले तुलबहादुरकै छोरीको नाताबाट नागरिकता बनाएकी छन।
पवि सहित तुलबहादुरका तीन श्रीमती रहेको उनका छोराहरु नै स्वीकार गर्छन। तीन श्रीमति मध्ये जेठी श्रीमति तर्फका छोरा लोकबहादुर खत्रीले पवि खत्रीलाई कान्छी आमा अस्वीकार गर्दै घरमा काजकिरिया गर्न नदिए पछि गाउँका महिलाहरु जुटेर त्यहाँस्थित सार्वाजानिक स्थान श्रीअमरदिप बहुउद्देश्यीय कृषि सहकारी संस्थामा राखेर काजकिरिया गराएका हुन्।
तुलबहादुरका छोरा लोकबहादुर खत्री ईलाका हुलाक कार्यालय पुर्कोटदहका प्रमुख हुन । उनका छोरा दिपक खत्री मदाने गाउँपालिकाका शव ईन्जिनियर हुन । उनीहरु सरकारी कर्मचारी हुँदाहुँदै पनि मदाने गाउँपालिकाको निर्णयलाई अस्वीकार गर्दै पवि खत्रीलाईलाई अधिकार विहिन बनाउन जुटिरहेको स्थानीयवासी बताउँछन।
उति बेला पवीलाई पुर्व श्रीमानकै घरमा ललाई फकाई राखियो। छोरी जिवित साक्षी हुँदाहुँदै र २०४५ सालमा तुलबहादुर खत्रीकी श्रीमती भनेर जिल्ला प्रशासन कार्यालय गुल्मी बाट नागरिकता समेत दिलाईएको सबुत प्रमण हुँदाहुँदै पनि उनका छोराहरुले अस्वीकार गरेका छन। तर मदाने गाउँपालिकाको न्यायिक समितिले मृत्युको चौथो दिन पवी खत्री तुलबहादुर कै कान्छी श्रीमति भएको र उनलाई काज किरिया गर्न दिनु पर्ने फैसला सहितको पत्र परिवारजनलाई थमाई दियो तर पनि टेरेनन् । पवि खत्री भनिछन , गर्भधारण भए पछि माथी उनितहरुको घरमा गएँ । एउटा कोठामा राखियो । एक चैतभरी उनैहरुको घरमा बसेकी हुँ । उता पहिलाका तर्फ साना सान तिन सन्तान भएकोले सासु ससुराले तले गएर छोरा छोरीको हेरचाह गरेर बस भनेर आएकी हुँ । २०४५ सालमा पुर्कोटदहमा श्रीमानले नै लगेर नागरिकता बनाई दिनु भएको हो । नन्दाकुमारी थापा घिमिरे भन्छिन बुवा आतेजाते गर्नु ह्ुनथ्यो । माथी खान दिएनन भनेर खान पकाउन लगाउनु हुन्थ्यो।
नन्दकुमारी र आमा पविको न्यायको पक्षमा मदाने गाउँपालिकाका सारा समाज सेवी र मदाने गाउँपालिका कार्यालय समेत दह्रो संग उभिएका छ। तर लोकबहादु्र खत्री परिवार भने एक्लै समाजलाई चुनौती दिईरहेका छन । उनीहरुले पवी र उनकी छोरीलाई अधिकार विहिन बनाउने षडयन्त्र गरिहेको तर आफुहरु न्यायकै पक्ष जुटिरहने त्यहाँकाका अगुवाहरुले बताएका छन । त्यहाँका वडाध्यक्ष मनिराम थापा र महिला नेतृ विष्णु कुँवरले यी आमा छोरीहरु माथी ठुलो अन्याय भएको स्पष्ट पार्दै सम्बद्ध सबै निकायको ध्यानकृष्ट गराए।
मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर त्यहाँका पुराना समाजसेवी हुनुहुन्छ। तुलबहादुर पवि बिचको सम्बन्ध नजिकैबाट बुझ्नु भएका र त्यो भन्दा पनि नागरिकता सबुद प्रमाणका आधारमा पवि तुलबहादुर कै कान्छि श्रीमति भएको जिवित प्रमाण पछि पालिकाले तुलबहादुरकी कान्छि श्रीमति भएकोले घरमै काजकिरिया गर्न दिनु पर्ने न्यायिक समितिको निर्णय सहित पाँचौ आफुहरु समेत आएर आग्रह गर्दा समेत नमाने ताण्डप देखाएको बताउँदै भने उहि बुढापाकाहरुले भन्ने गरे झै मुर्ख देखिन दैव डराएको उखान महशुस गरिएको छ।
हामी स्वर्गिय तुलबहादुरका छोरा लोकबहादुर खत्री भन्छन बाबु जिवित छँदै दुई दिन पटक कुरा चलेका हो । मैले जिवित छँदै स्पष्ट पारौं भनेको हो । अहिले बुवाको नामबाट नागरिकता पनि छ भनिन्छन। आउनुहोस बुद्धिजिवी बसौं कुन सहमतिमा हामी पुग्नु पर्ने हो त्यसमा म तयार हुने छु।
लोकबहादुरको परिवारले जति जिद्धि गरे पनि उनका बाबु तुलबहादुरले आफ्नी श्रीमतिका रुपमा २०४५ सालमा बनाई दिएको नागरिकता आफै प्रमाण बोल्छ। अदालत नै पुगे पनि उनिहरुले न्याय पाउने नै छन अपेक्षा गर्छ त्यहाँका अगुवाहरु। लोकबहादुर खत्री जस्ता सरकारी कर्मचारीहरु स्वयमले नै विवेक पुर्याएर स्थानीय स्तरमै पवि खत्री र उनको छोरीलाई न्याय दिने तर्फ लाग्नु नै उचित हुने त्यस पालिकाका जनप्रतिनिधीहरुको सुझाव छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |