Salime Malika Krishi Farm

Awareness Campaign

चिच्याएर वर माग्ने कुर्घा मालिकामा पूर्णिमा मेला सकियो



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

 गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ कुर्घामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला संगै पुजाआजा सम्पन्न भएको छ। प्रत्येक वर्ष उक्त मन्दिरमा पुजाआजाका लागि विभिन्न ठाउँबाट श्रद्धालुहरु पुग्ने गर्दछन।

हजारौँ दर्शनार्थीहरुले सोमबार कुर्घाको मालिका भगवती मन्दिरको दर्शन एवम् पुजा गरेका छन् । मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्ल पूर्णिमा दिन मेला लाग्नुका साथै चिच्याएर वर माग्ने प्रचलन रहेको छ । जसका कारण दर्शनार्थीहरुको सधै भीड हुने गर्दछ । यस बर्ष पनि एकैदिन करिब एक हजारले मेलाको अवलोकन संगै पुजाआजा गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ ।

पुजाआजा संगै मेला हेर्नका लागि मुसिकोट नगरपालिका साथ साथै धुर्कोट, मदाने, मालिका, रेसुङ्गा नगरपालिका सहित जिल्लाका विभिन्न पालिकाका नागरिक एवम् अर्घाखाँची, बाग्लुङ, प्युठान, पर्वत लगायतका जिल्लाका नागरिकहरु मालिका भगवती मन्दिर पुगेका थिए ।

सिंचाई
Forest
Ad.

मन्दिरमा बली दिएमा, परेवा चढाएमा वा चिच्याएर वर मागेमा पुरा हुन्छ भन्ने मान्यताका कारण दर्शनार्थीहरुको भीड हुने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव रामु गौतमले जानकारी दिनुभयो ।

व्यवस्थापन समिति सचिव गौतमका अनुसार करिब पाँच सय बर्ष अघि उक्त ठाउँ पुरै जंंगल थियो । त्यसपछि खडेरीले खोलामा भएको पानी समेत सुक्दा सबै जंगल सकियो । त्यसैबेला माल्याश्री नामका ऋषी उक्त ठाउँमा तपस्यामा थिए । पानीले काकाकुल भएका जनावरले ऋषीसामु पानी ल्याइदिन आग्रह गरे ।

ऋषिले पानीकै लागि प्राथना गरे र अन्तत देवी प्रकट भई ढुगांको बीच भागबाट पानीको मुहान पलाएको विश्वास रहेको अध्यक्ष गौतमले बताउनुभयो । अहिले ढुंगाको बीच भागबाट प्रशस्त पानी बगिरहेको छ । मन्दिरमा साउन महिनाभर, एकादशी, १६ श्राद्ध र स्वस्थानी व्रत कथा अवधिभर बाहेक अन्य समयमा बली चढाइने गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो