Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बडिगाडकी अथक ‘माया दिदी’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पाठक, बागलुङ: बिहानको १० बज्नै लागेको छ। बागलुङ बडिगाडको त्रिभुवन नमुना माविमा बिहान ६ नबज्दै स्कुल पढ्न आएका कक्षा ११/१२ का विद्यार्थी विद्यालयबाट घर फ्रर्कदै छन। कोही स्कुल बस चढ्दै छन भने कोहि साथिसंगि संग गफ गर्दै घर जाने सुरसारमा छन।

यसरी एकथरि विद्यार्थी घरतर्फ लाग्दै गर्दा अर्को थरि भने स्कुल भित्र छिर्दैछन । त्यसैगरि टाढाका कोहि स्कुल बस बाट त नजिकका विद्यार्थी साथिसंगी संग गफ गर्दै । केहि समय पहिल्लै स्कुल गेट भित्र छिरेका केहि केटाकेटि भने साथिसंग खेलिरहेका छन ।

यसै भिडमा माया दिदिलाई भने अल्लि हतार छ । १० बज्नै लागेको घडि घरि घरि हेरिरहेकि उनिसंग केहि केटाकेटीले केहि मागिरहेका छन, शिक्षकहरुले केहि सोधिरहेका छन । यतिकैमा माया दिदिले १० बजेको विद्यालय घण्टी बजाउन्छीन । विद्यालय महोल एकैछिनमा फरक भैदिन्छ ।

सिंचाई
Forest
Ad.

जिल्लाको बडिगाड गाँउपालिकको एक मात्र नमुना विद्यालय त्रिभुवन नमुना माविमा यो दृश्य दैनिकजसो देखिने दृश्य हो । विसं. २०४२ साल फागुन १९ गते साविकको दगातुम्डाँडा ७ को दनियाँमा जन्मिएकि नारायणी राना अर्थात ‘माया दिदि’ ले त्रिभुवनमा कार्यालय सहयोगिको रुपमा काम गर्न थालेको १४ वर्ष पुगिसक्यो ।

विसिं. २०१७ सालमा स्थापना भएको विद्यालयमा २०६६ सालको फागुन सम्म कार्यालय सहयोगिको रुपमा अरुले नै काम गर्थे । त्यो समयमा माया दिदिले कार्यालय सहयोगिको रुपमा काम गर्नु पहिला काम गर्ने केहि सयम विद्यालय नआएपछि शुरुमा उनि नआउन्जेल २/४ दिन काम गर्ने शर्तमा माया दिदिले त्रिभुवनमा काम गर्न थालेकि हुन ।

“मैले स्कुलमा काम गर्न थालेको १४ वर्ष भयो माया दिदिले भनिन् २०६६ सालको फागुनमा मलाई २/४ दिन काम गछौ र भनेर सरले भन्नु भयो । घरको अबस्था पनि कमजोर नै थियो । मैले पछि हुन्छ भने र काम गर्न थाले । पहिला छोडेको मान्छेपनि काम गर्न फ्रकिएन्न् । २/४ दिनलाई भनेर शुरु गरेको काम अहिले १४ वर्ष भयो गर्दै छु । उनले हास्दै भनिन्।”

१४ वर्षको उमेरमा विवाह भएको माया दिदिको २०५६ सालमा बिरामिकै कारण बुबा तुल बहादुर रानाको मृत्यु भएपछि जिवनमा केहि दुःख पनि आईलागे । त्रिभुवनमै कक्षा ५ मा पढ्दा पढ्दै पढाई पनि माया दिदिले रोक्नु पर्यो । पढाई रोकेर माया दिदिले गल्याङ्को एक घरमा बच्चा हेर्ने र घरको काम गर्ने गरि केहि समय गल्याङ्मा विताईन् ।

Awareness by SKF

केहि समय गल्याङ्मा विताएर आफ्नै गाँउ फ्रकिएकि माया दिदिले त्यसपछि त्रिभुवनमा काम गर्न थालेकि हुन । ज्याला मजदुरिका काम गर्दै पढ्दै गरेकि माया दिदिकाे बुबाको मृत्यु पश्चात भने अध्ययनलाई अगाडि बढाउन सकिन्न् ।

अध्ययनलाई अगाडि बढाउन नसकेपनि विद्यालयमा कार्यालय सहयोगिको रुपमा काम गरेरै भएपनि धेरै कुरा सिक्न पाएको माया दिदि बताउन्छिन् ।

“शुरु शुरुमा स्कुलमा काम गर्दा सरहरुले भनेको पुर्याउन नसक्दा डर लाथ्यो । उमेर पनि सानै थियो केहि कुरा नबुझ्दा काम छोड्छु भन्ने लाथ्यो मायाले भनिन् । अहिले त बाँनि परिसक्यो । यसरी काम गर्ने, कतिबेला के गर्ने भनेर त्यसैले अहिले यो काम बाट खुसि नै छु ।”

ठुलो परिवार रहेको माया दिदिको घरमा अहिले दुई बैनीले घरको जिम्मेवारी सम्हाल्दै आएका छन । आमा, सुस्त मनस्थितिका दाई, काका बुबा, संगै मायाकै एक छोरा र छोरी रहेका माया दिदिको परिवार त्रिभुवनमा कार्यालय सहयोगिको रुपमा काम गर्ने माया र बडिगाड २ खर्वाङको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यालय सहयोगिको रुपमा काम गर्ने अमृताले घरको पुरै जिम्मेवारी लिएका छन ।

विहानै देखि राति अबेरसम्म विद्यालयमा नै समय बिताउने माया दिदिलाई स्कुलका केटाकेटिसंगै समय बिताउदा रमाईलो लाग्ने बताउन्छिन् । विद्यालयका शिक्षकहरु संग जस्तै केटाकेटि देखि उपल्लो कक्षका विद्यार्थीहरु पनि माया दिदिसंग रमाईलो मान्छन । जिवन रमाईलो संगै बितिरहदाँ मायालाई २०७८ सालमा भने फेरी अर्को ठुलो समस्यासंग जुध्नु पर्यो ।

त्यो समय विश्वभरि कोरोना माहामारीले विश्व आक्रान्त थियो । कोरोना संक्रमित संग जान स्वस्थ व्यक्ती डराईराख्दाको समय बडिगाड गाँउपालिकाले त्रिभुवन नमुना माविमै १० बेडको आईशुलेन्स केन्द्र बनायो ।

त्यहि केन्द्रमा स्वास्थ्यकर्मिसंग कोरोना संक्रमितको उपचार गरिरहेकि माया दिदिका श्रीमान १६ वर्षदेखि कुवेतमा थिए । कोरोना संक्रमित धेरैको उपचारमा स्वास्थकर्मिसंगै खटिएकि माया दिदिको श्रीमानमा कोहि खट्ने भएन्न् । त्यसैले उनले श्रीमान गुमाउन पर्यो ।

“यहि स्कुलमा म कोरोना लागेका अरु विरामिको उपचारमा उनिहरुको स्याहार गर्दै थिए । तर मेरो श्रीमानको स्याहार मैले गर्न सकिन मनिल मुद्रामा उनले सुनाईन् । विरामि भएर अस्पताल गएको २ दिन सम्म कुरा भएको थियो । पछि न म्यासेजको रिपलाई आयो न फोनमा नै कुरा भयो मायले भनिन्। असार ७ गते सम्म कुरा भएपछि एक्कासी असार २६ गते अरु कसैले मलार्ई श्रीमान अब यो संसारमा नभएको भनेर कुरा फोनमा सुनाईदिए ।”

३४ वर्षको उमेरमा धेरै कुरा जिन्दगिमा भोगेको बताउदै माया दिदिले अब छोराछोरीलाई कुनै क्षेत्रमा लागाउन पाए मन खुसि हुने बताईन् । माया दिदिका छोरा छविलाल राना र छोरि सविता राना अहिले त्रिभुवन माविमै कक्षा १२ मा कृर्षि विषय अध्ययन गरिरहेका छन ।

२५ सय रुपैयाबाट त्रिभुवनमा जागिर शुरु गरेकि माया दिदिलाई विद्यालयको काममा तिनै छोराछोरी संगै परिवारले अहिले साथ दिईरहेका छन । १४ वर्षको विद्यालयको यस कामबाट आफुले पढ्न नपाएपनि यसै स्कुलमा पढ्ने पढाउने सबैबाट धेरै कुरा सिक्न पाएकोमा भने माया दिदि निकै खुसी छिन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो