Clean Water Campaign

Awareness Campaign

बेहुली घर भित्र्याउन हिँडेका बेहुला बेहुली छाडी बिच बाटोबाटै फरार (भिडियो रिपोर्ट सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: बेहुलीका रुपमा घर भित्राउनु पर्ने गुल्मीका एक युवा श्रीमतिलाई बिचबाटो मै छाडेर फरार भएका छन्। जिल्लाको इस्मा गाउँपालिका-३, ठाडुङ्गाका ३० वर्षीय विमल भनेर चिनिने रामु कुँवर श्रीमती मनिषा क्षेत्री कुँवरलाई यहि साउन ११ गते बुटवलको बसपार्कमा छाडेर फरार भएका हुन्।

बम्बैमा सात महिना अघि प्रेम विवाह गरी घर श्रीमति लिएर आएका श्रीमानले बीचबाटो मै छाडेर फरार भएपछि अलपत्र परेकी मनिषा यति बेला श्रीमानको खोजीका लागि सञ्चार माध्यम गुहार्दै हिँडेकी छन्।

सामाजिक सञ्जालबाटै प्रेम
चिन्नु न जान्नु ढुङ्गाले हान्नु भन्ने बुढापाकाहरुको उखान टुक्का अहिलेको पिढीलाई पनि घतलाग्दो र आफ्नै जिवनमा मेलखाँदो बन्न पुगेको छ । बिशेष गरी देख्नु न भेटनु सामाजिक सञ्जालबाट माया प्रेममा बाँधिएकाहरुको जिवनमा त्यस्तो उखान टुक्कासँग मेलाखाने जिवन भोगाईमा परेका छन्।

सिंचाई
Forest
Ad.

त्यसको पछिल्लो उदाहरणकी पात्र हुन झाँपाकी उनै मनिषा । झापाको मेची नगरपालिका–१ बाउँनडाँकी ३० वर्षीया मनिषा गत चैत्र महिना अघिसम्म वैदेशिक रोजगारका लागि दुबईमा थिईन । यता गुल्मीको ठाडुङ्गाका रामु दिल्लीको रोजगारीमा थिए । यी दुई बिच प्रत्यक्ष देख्नु न भेटनु सामाजिक सञ्जालबाट गहिरो प्रेम सम्वन्ध रह्यो । दुई वर्षसम्म दुबईमा बसेकी मनिषा रामुसँगको प्रेम सम्वन्धलाई बैबाहिक सम्वन्धमा परिणत गर्ने सपना सजाउँदै चैत्र महिनामा दुबईबाट स्वदेश फर्किईन।

एअरपोर्ट फर्किए पछि रामुले उनको घरतिर जान दिएनन् र एअरर्पोटबाटै सिधै दिल्ली झिकाए मनिषालाई। अन्ततः मन्दिरमा लगेर सिन्दुर पोते गराई बम्बैतिर लगेर राखे । त्यो सात महिना अघिको कुरा थियो । उनकीहरु निकै रमेर बसे बम्बैमा।

मनिषाले श्रीमानको घर गएर नवबेहुलीका रुपमा भित्रिने सपना साँच्दै श्रीमानसंगै बम्बैबाट घर फर्किदै थिईन । उनीहरु साउन ११ गते बुटवल बसपार्कमा ओर्लिए । रामुले आफ्नो घरमा होईन मनिषको माईतीमै जाउँ कि त काठमाण्डौ जाउँ घरतिर नजाउँ भन्दै थिए । त्यही क्रममा रामु शौचालयमा जान्छु भनेर हिडेका मान्छे फर्केर आएनन् । अलपत्र परेकी मनिषाले प्रहरी गुहारिन र पनि श्रीमानलाई भेटाउन नसके पछि कसले नम्वर दिएछ र हामीसँग फोन गरेर खोजतलासका लागि आग्रह गर्दै थिईन।

   यो भिडियो रिपोर्ट हेर्नुहोस्:

अहिले मनिषा श्रीमानको घर गुल्मीको ठाडुङ्गा आएर बसेकी छन्।

Awareness by SKF

घरमा रामुका भाई , बिरामी बाबु आमा रहेका छन् । छोरा बेपत्ता भएको पिर चिन्ताले बाबु आमाले खान समेत नखाई बसिरहेको मनिषा बताउँछिन । उनी रुँदै भन्छिन ‘त्यति माया गर्ने तपाई मलाई छाडेर कहाँ जानु भयो? मलाई यो नयाँ ठाउँमा केहि थाह छैन्। तपाईको साथ एक पैसा पनि थिएन । के खाएर बस्नु भएको होला । तपाई टिभी रोगको समस्या थियो । मेरो बुढो जहाँ हुनुहुन्छ छिटो आउनुस , घरमा तपाईलाई कुनै समस्या छैन । बुवा आमा तपाईको पिरले खान नखाई बस्नु भएको छ । म रुँदै तपाईको तपाईको प्रतिक्षामा छु।’

प्रत्यक्ष देख्नु न भेटनु तर मायाँ गास्नुको परिणामः मनिषाले भोगिन विवाह पछि मात्र थाहा पाईन रामु टिबिरोगका बिरामी रहेको । रामुको घरमा बिवाह भई सकेको थियो । एक सन्तान पनि रहेको तर श्रीमति माईती मै बस्ने गरेको बताईन्छ । कतैदेखे नजिको प्रहरी चौकी वा आफ्नो नम्बर ९८०३५८५६५७ मा सम्पर्क गरिदिन अपिल गरेकी छिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो