– हेमनाथ खराल/सालिक खत्री
आदरणीय गणतन्त्र चेक निवासी नेपाली असल मनहरु,
आगामी जुलाइ १६ तारिकमा चेक रिपब्लिकका गैर आवासीय नेपाली दाजुभाइले भोट हालेर गैर आवासीय नेपाली संघ (एनआरएनए) चेकको लागि नयाँ पदाधिकारीहरु चुन्दै हुनुहुन्छ। ऐतिहासिक रूपमा उल्लेख्य सदस्य संख्या सहित सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनमा अध्यक्ष पदको बलियो र सक्षम दाबेदार हुनुहुन्छ बैकुन्ठ रायमाझी।
लामो समयदेखि चेक रिपब्लिक र यसको सामाजिक सेरोफेरोलाई सुक्ष्म रुपले नियाल्नुभएका उम्मेद्वार रायमाझी उक्त पदको लागि सक्षम उम्मेदवार मात्र नभई गैर आवसीय नेपाली संघ, चेकको नेतृत्वका लागि आजको टड्कारो आवश्यकता हुनुहुन्छ। सरल, सरस, प्रष्ट वक्ता, मिलनसार र खुश मिजासी बैकुण्ठ रायमाझीलाई किन आफ्नो अमूल्य भोट दिने भन्ने बारे एक दर्जन बुँदा प्रस्तुत गरेको छौँ:
१. संस्थाको लागि अध्यक्ष शरीरको लागि टाउको जस्तै अभिन्न अंग हो। एनआरएन चेकलाई सुदृढ र जीवन्त राख्न उहाँ आर्थिक, सामाजिक र व्यक्तिगत रुपमा सक्षम हुनुहुन्छ।
२. विभिन्न संघ संस्थाहरुमा नेतृत्व तहमा रहेर निर्विवाद नेतृत्व गर्दै आएका कारण तथा एनआरएनए चेक रिपब्लिकका उपाध्यक्ष रहेर काम गरेको अनुभव पनि सङ्गालेकोले यो देश भित्रका कामहरुको लागि अनुभवी हुनुहुन्छ। असमझदारी संयोजनमा वहाँको कौशलता निपुर्ण छ।
३. तार्किक शैली, सेन्स अफ ह्युमर, विज्ञता र विनम्रता जस्ता गुणले उहाँलाई लोकप्रिय वक्ता मात्र नभई एनआरएन ग्लोबल र नेपाल सरकारसंग गैर आवासीय नेपालीहरुको सरोकारका विषयहरूमा प्रभावशाली मध्यस्थकर्ताको भूमिका खेल्न सहयोग गर्न सक्ने क्षमता छ।
४. उहाँले दोहोरो नागरिकता दिलाइदिन्छु अथवा एनआरएन मन्त्रालय बनाइदिन्छु भन्ने गलत प्रतिवद्धता जाहेर गर्नुभएको छैन। यद्यपि आफ्नो ठाउँबाट हुनसक्ने वा मिल्ने यथासक्य साथ र सहयोगको प्रतिवद्धता जाहेर गर्नुभएको छ।
५. धेरै नेपाली बिच यद्यपि अलोकप्रिय यो संस्थालाई सबै संग नरम बनेर पुर्याउने कसम खानुभएको छ भने संस्था कसरी नेपाल र गैर आवासीय नेपालीको लागि लाभकारी हुन्छ भन्ने गहन अध्ययन गर्नुभएको छ। यसको लागि स्पष्ट योजना बनाउनु भएको छ।
६. गणतन्त्र चेकमा बसोबास गर्ने खासगरी युवापुस्ता माझ एनआरएनलाई पुर्याउने र उनीहरुको सहभागिता अभिवृद्धि गर्ने उहाँको योजना रहेको छ।
७. स्वयं असल र सफल राष्ट्रिय कलाकार समेत भएको कारण नेपाली मौलिक कला, सिर्जना, संस्कृति र साहित्यको जगेर्ना गर्ने प्रण गर्नुभएको छ।
८. बहुसंख्यक चेकवासी नेपालीमाझ गिरेको एनआरएनएको साखलाई बचाउन, संस्था प्रति मान्छेको आस्था बढाउन र यो वा त्यो ढंगबाट यसको सान्दर्भिकता महसुस गराउन खटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
९. उहाँ आफ्नो सिद्धान्तमा अडीग, त्यागी, ध्यानी, तेरो-मेरो मा कहिल्यै नअलझिने, उदार हृदयका हुनुहुन्छ। संस्थामा कोषको अपचलन, प्रत्यक्ष वा परोक्ष रुपमा अनियमितता र हिनामिना नभई पारदर्शी कार्य सम्पादन विश्वस्त हुने आधार प्रशस्त छन्।
१०. संस्थाको बैठक वा गोष्ठीको बहानामा संस्थाको पैसामा हवाइजहाजको टिकट त के स-साना कार्यक्रममा पनि आफ्नै गोजीबाट पैसा खर्च गर्ने उहाँलाई यस क्षेत्रमा आँखा चिम्लेर विश्वास गर्न सकिन्छ।
११. भोटको लागि नैतिकता बेच्ने, गिर्ने र गलत तरिका प्रयोग गर्ने रणनीति उहाँको छैन। गोजीबाट पैसा तिरिदिंदै सदस्य बनाउने गलत प्रवृत्ति वा परम्पराको सधैँ विरोध गर्दै आउनुभएको छ। तथा एनआरएनए, चेकको बलियो उपस्थिति विश्वव्यापी बनाएर गैर आवासीय नेपालीको हकहितको लागि पैरवी गर्ने क्षमता उहाँमा छ।
१२. उहाँले नेतृत्व गर्दै आउनुभएका र उहाँ आवद्ध संघ-संस्थाहरु:
क. पुर्व उपाध्यक्ष- एनआरएनए, चेक रिपब्लिक
ख. अध्यक्ष- वामी-विश्व सम्पर्क मञ्च, नौमती साँस्कृतिक समिति
ग. पुर्व अध्यक्ष- कलाकार मञ्च इनास
घ. संयोजक- नौमती अडिसन
ङ. संस्थापक कोषाध्यक्ष- वामी-विश्व सम्पर्क मञ्च (WWCF)
लगायतका थुप्रै संघ-संस्थाहरुमा रही उहाँले निभाउनु भएको पारदर्शी र सक्रिय योगदानलाई हेरेर पनि आँखा चिम्म गरेर बैकुण्ठ रायमाझीलाई भोट हालेर गैर आवासीय नेपाली संघ, चेक रिपब्लिकको नेतृत्व गर्ने अवसर प्रदान गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु।
संस्कृतिप्रेमी रायमाझीको नेपाली मौलिक लोक संस्कृति र कलाको प्रचारप्रसार र संरक्षणमा महत्वपूर्ण योगदान रहदै आएको छ। नेपाली मौलिक लोकबाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उहाँकै सक्रियता र अग्रसरतामा जन्मभूमि वामीमा पहिलोपल्ट नौमती महोत्सव आयोजना गरिएको छ। जसको तेस्रो संस्करण हालै सम्पन्न गरिएको थियो।
माथि उल्लेखित १२ बुँदा मात्र उहाँको असल कर्म र योगदानको व्याख्या गर्न प्रयाप्त छैनन्। यो भन्दा कैयन राम्रा, तार्किक र व्यावहारिक प्रतिवद्धताहरु घोषणा गर्नुभएको छ। यस बारे विस्तृत रुपमा उहाँलाई प्रत्यक्ष सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ।
बैकुन्ठ रायमाझी
अध्यक्ष पदका उमेदवार
NRNA चेक रिपब्लिक
राष्ट्रिय समन्वय परिषद
(२०२३-२०२५)
मोबाइल नं.: +420775287231
फेसबुक एकाउन्ट: Baikuntha Rayamajhi
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |