पाल्पा: पुष्कर अथक रेग्मीद्वारा परिकल्पना गरी उनकै अध्यक्षतामा वि.स. २०७८ साल असार ७ गते कविता विधा भित्र लघुतम उपविधाको रूपमा शीतको केन्द्रीय समिति घोषणा भएको थियो। शीत काव्य समाज नेपाल अहिले तेस्रो बर्षपूरा गरी चौथो वर्षमा प्रवेश गर्दैछ।
कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो। चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्यनै शीत हो।’ शीत दुइगुणे चार बराबर आठ अर्थपूर्ण अक्षरमा लेखिन्छ।
लघुत्तम विधाको रूम भएपनि शीतले साहित्यिक यात्रामा धेरै उपलब्धी पाइसकेको छ। देश विदेशमा शीत लेखन बढ्दो छ।सामाजिक सञ्जालमा दैनिक रूम शीत यात्रीहरू शीत लेखन कार्यमा व्यस्त छन।
पाल्पाको सुन्दर नगरी तानसेन बजारको श्रीनगर डाँडाको काखैबाट जन्म लिएको शीत गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुँदै नेपालगन्ज, सुनौली हुँदै भारततिर शीतको रूममा फैलिएको छ। देशका सबै प्रदेश जिल्ला,नगर र गाउँ पालिका मात्र होइन पशुपतिनाथको नजिकैबाट ‘ शीत ‘ शीत यात्रीसंगै विदेशको यात्रामा निस्किएको छ।
जसले गर्दा खाडी मुलुक देखि विश्वका धेरै मुलुकमा शीतले यात्रा तयार गरी सकेको छ। तीन बर्षको यात्रामा देश विदेश घुम्ने मात्र होइन ठोस उपलब्धी पनि पाएको छ। शीतलाई दुनियाँमा चिनाउन गठन भएको समाजले तीन बर्षको अवधिमा आधा दर्जन भन्दाबढी पुस्तक प्रकाशन गरी सकेको छ।
यति मात्र होइन प्रत्येक बर्ष वार्षिक उत्सवमा शीत कर्ण पुरस्कार वितरण गर्दै आएको छ। अहिले सम्म यो पुरस्कारबाट देवेन्द्र राज शाक्य, इन्दिरा ज्ञवाली र शारद ढकाल सम्मानित भैसक्नु भएकाे छ। यो बर्ष “शीत कर्ण” पुरस्कार नारायण कोइरालालाई दिने घोषणा भएको छ। जसले खाडी क्षेत्रमा शीतको व्यापकीकारण गर्न विशेष योगदान गरेका थिए।
सधैं जस्तै यो बर्ष पनि शीतको बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाउने तयारी रहेको छ।
शीतलाई निम्न नियम /सिद्धान्त /सूत्र / प्रकारले लेख्न सकिन्छ:
१. चारवटै अनुप्रास मिलेका शीत
२. पहिलो र दोस्रो अनुप्रास मिलेका शीत
३. पहिलो र तेस्रो अनुप्रास मिलेका शीत
४. पहिलो र चौथो अनुप्रास मिलेका शीत
५. दोस्रो र चौथो अनुप्रास मिलेको शीत
६. तेस्रो र चौथो अनुप्रास मिलेको शीत
७. दोस्रो र तेस्रो अनुप्रास मिलेको शीत
८. पहिलो दोस्रो र चौथो अनुप्रास मिलेको शीत
९. पहिलो तेस्रो र चौथो अनुप्रास मिलेको शीत
१०. पहिलो दोस्रो र तेस्रो अनुप्रास मिलेका शीत
११. दोस्रो तेस्रो र चौथो अनुप्रास मिलेको शीत
१२. पहिलो- दोस्रो र तेस्रो – चौथोको अलग अलग अनुप्रास मिलेको शीत
१३. पहिलो – तेस्रो र दोस्रो – चौथोको अलग अलग अनुप्रास मिलेको शीत
१४. छन्दमा लेखिएको शीत
शीत स्त्री (SS), मही (IS), मधु (॥) र सारू (SI) छन्दमा पनि लेख्न सकिन्छ।
१५. एकाक्षरी अनुप्रास मिलेको शीत
१६. अनुप्राश नमिलेका शीत
१७. अन्तिम शव्द दोहरिएको शीत
१८. एकाक्षरी शव्द शीत
१९. प्रश्नोत्तरी शीत
२०. अन्ताक्षरी शीत
२१. दोहरी शीत
२२. नाटकीय सम्वादात्मक शीत
२३. .अरू पनि हुन सक्छन्। खोज्दै थप्दै लेख्दै जाऔँ।
(शीत लेख्न सजिलो छ। लेख्ने बित्तिकै शीत अभिधा, लक्षणा वा व्यञ्जना शब्दशक्तिको आफै भइदिन्छ। बिम्ब, प्रतीक र रसमय अर्थपूर्ण शीत लेखौँ, अभ्यास गरौँ।)
शीतका केही उदाहरणहरू:
शीत
पर्यो
मन
डर्यो ।१।
आज
ताज
खुल्यो
राज ।२।
रूदैं
आँसु
पिएँ
जिएँ ।३।
बडा
बाको
बाँडी
खाको ।४।
शीत
यात्री
शुभ
रात्री ।५।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










