Salime Malika Krishi Farm

Awareness Campaign

श्रृङ्ग ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पृष्ठभूमि: रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय हिसाबले महत्वपूर्ण छ। प्राचीन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ। रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ।

यस पहाडको नाम रेसुङ्गा रहनुमा विभिन्न कारण र किम्बदन्तीहरू छन् । त्रेता युगमा महर्षि ऋषि श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने मानिन्छ ।

गुल्मी लगायतका स्थान मगराँत क्षेत्र भएकोले मगर भाषामा ‘रेस’ अर्थात नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामाकरण रहेको भन्ने भनाइ पनि छ ।

सिंचाई
Forest
Ad.

परिचय
गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारदेखि ठिक माथि शिरोभागमा धार्मिक एवम् पर्यटकीय रेसुङ्गा क्षेत्र अवस्थित छ । रेसुङ्गाको शिरचुली आकारको छ । गुल्मी जिल्लाकोे रेसुङ्गा नगरपालिकामा अवस्थित गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्दर्यले भरिपूर्ण छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफू शिरमा बसेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ ।

रेसुङ्गा गुल्मी आउने नवआगन्तुले घुम्ने, अवलोकन गर्ने गौरवशाली पुण्यभूमि हो । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गा आसपासका क्षेत्रमा सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन् ।

इतिहास
रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महार्षी भूमि जहाँ धेरै ऋषि महार्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रही आएको छ । रेसुङ्गाको साँच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा विभिन्न मनमोहक मन्दिरहरु रहिआएका छन् ।

Awareness by SKF

रेसुङ्गामा राणाकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति विभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु ब्याप्त छन् । २०१६ सालमा काँग्रेस पार्टी सभापति तथा जननिर्वाचित तत्कालिन प्रधानमन्त्री तथा स्वर्गीय विपि कोइरालाले तिर्थ गर्न पैदल हिडेर रेसुङ्गामा पुगेका थिए

धार्मिक तथा सांस्कृतिक महत्व
सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने पूण्य भूमि रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्नाले रेसुङ्गाको गरिमा बढाएको छ । साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । ऋषि श्रृंश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महार्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्धस्थल बनेको रेसुङ्गा विभिन्न कालखण्डहरु पार गर्दै अहिले सुन्दर, पूण्यभूमि बनेको छ ।

रेसुङ्गामा धेरै महार्षीहरुको तपस्यापछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथी ल्याउन विशेष भूमिका रहेको उल्लेख छ । उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको बताइन्छ । हाल निरन्तर पूजा हुँदै आएको छ ।

सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्दछ । साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय तिर्थस्थलको रुपमा लोकप्रिय रेसुङ्गा श्रृङ्गे ऋषिको तपोभूमिको धार्मिक तथा पर्यटकीय र साँस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण रेसुङ्गाको आफ्नै महत्व रहेको छ ।

सयौँ वर्षदेखि आगो ननिभेको यज्ञशालास्थित अग्नि कुण्ड यहाँको अर्को धार्मिक विशिष्टतायुक्त स्थल हो । यज्ञशालामा पूजा गरी यहाँको विभूति (खरानी) लगाएमा भूत-प्रेतले नतर्साउने, रोग व्याधिबाट मुक्ति पाइने विश्वासका साथ दर्शनाथी यहाँ आउने गरेका छन् । रेसुङ्गा जंगलमै बसेर २ सय ५० वर्ष अगाडि शशीधर स्वामीले तपस्या गरेकाले पनि यसको धार्मिक महत्व बढी रहेको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु
रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महर्षीभूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द जस्ता धेरै ऋषि महर्षिहरु, रामचन्द्रको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेद पुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्यभूमि बनेको छ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ ।

साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल लगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् । सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र समुन्नति हुने जनविश्वास छ ।

तम्घास क्षेत्रको पानीको मुख्य स्रोत रेसुङ्गामा रहेको रामकुवा यहाँको अर्को धार्मिक महत्वको जलाशय रहेको छ । प्राचीनकालमा अयोध्याका राजा दशरथ र रामचन्द्रसँग यो कुवाको सम्बन्ध जोडिएको किंवदन्ति छ ।

किंवदन्ती अनुसार राजा दशरथका सन्तान नभएपछि रेसुङ्गामा तपस्या गर्दैआएका ऋङ्ग ऋषिलाई लगेर पुत्रेष्ठि यज्ञ गराएपछि राम लक्ष्मणको जन्म भएको थियो । भगवान् रामचन्द्रले ऋङ्ग ऋषि तपस्यारत रेसुङ्गा पुगी तपाईंका लागि एउटा कुनै काम गरिदिने इच्छा छ भन्दा ऋषिले पानीको अभाव भएको बताएसँगै बाणले हानेर कुवा खनिदिएका थिए ।

श्रीकृष्णले रेसुङ्गामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसीहरूको वर्षे आश्रम रेसुङ्गा नै थियो भनेर भनिन्छ। महाप्रभु लक्ष्मी नारायणबाट निर्मित पोखरी हिन्दु धर्मालम्वीहरूका लागि सबै तीर्थ नदीको जलनिर्मित पोखरी हो ।

ऋषिमुनिहरूले तपस्या गरेका स्थान, २ सय वर्षअघिका शिलालेख र भग्नावशेष घरका प्रमाणहरू, रमणीय देखिने हिमालहरूले रेसुङ्गालाई निकै मनमोहक बनाएको छ ।

प्राकृतिक सौन्दर्य
धौलागिरी, निलगिरी, माछापुच्छ्र्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ । यहाँ पर्यटकहरु वनविहार गर्दै विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन् । रेसुङ्गा प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ । यहाँ पुग्ने जो कोही पर्यटक पनि यहाँको प्राकृतिक छटासँग रमाउन पुग्छन् ।

उत्तरतर्फ चाँदी झैं टल्केका हिमाल छन्, तलतिर तम्घास बजार । हिमाल, पहाड, तराईलाई रेसुङ्गाको शिरबाट एकसाथ देख्न सकिन्छ र यो नै यस ठाउँको विशेषता हो । यहाँबाट गुल्मी जिल्लाका दुई तिहाइ स्थानहरु, अर्घाखाँची, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा लगायतका ठाउँको अवलोकन गर्न सकिन्छ । रेसुङ्गाको यज्ञशालामा बाह्रै महिना नित्य पूजा हुने र यस डाँडामा फागुन चैतको महिनामा फुल्ने गुराँसका कारण डाँडो नै गुराँसमय बन्ने गर्छ ।

रेसुङ्गा क्षेत्रको पर्यटकिय सौन्र्दयलाई जोगाउन पोखरिसम्म सवारी साधनमा पुग्न सकिन्छ भने करिब २० मिनेटको उकालो पैदलयात्रापछि मुख्य गन्तव्य स्थलमा पुगिन्छ । माथी चुचरो पुगेपछि जो कोहि स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउछन् । त्यहाँ रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।

गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य अबलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभुमी रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउछ । रेसुङ्गाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साँच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ, यसबाट हेर्दा गुल्मीका अधिकांश भू-भाग लगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थानहरू स्पष्ट रुपले देख्न सकिन्छ।

पर्यटकीय सम्भावना
समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । यहाँ पर्यटकहरु वनविहार गर्दै विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन् । रेसुङ्गाको शिर चुली आकारको छ । यहाँबाट गुल्मी जिल्लाका दुई तिहाइ स्थानहरु, अर्घाखाँची, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा लगायतका ठाउँको अवलोकन गर्न सकिन्छ ।

रेसुङ्गा वनको टापूमा राखिएको भ्यु टावरबाट युवायुवतीहरु रमणीय तम्घास बजार नियाल्दै रमाइरहेका भेटिन्छन् । शीतल हावा र सुन्दर प्राकृतिक छटाले भरिपूर्ण रेसुङ्गा क्षेत्रमा पर्यटकीय सम्भावना उच्च रहेको छ । धौलागिरी, अन्नपूर्ण, लगायतका हिमश्रृंखलाहरूले पनि यसको थप आर्कषण बढाएको छ ।

अत्यन्त मनोरम हिमाली तथा पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलको आवश्यक प्रचार-प्रसारका साथै अत्यावश्यकीय पूर्वाधार विकास गर्न सकिए रेसुङ्गालाई स्वदेशी एवम् विदेशी पर्यटककको आकर्षक गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ ।

जैविक विविधता
हिउँदको सुख्खा समयमा पनि यस जंगलबाट ४० भन्दा बढी मुहानबाट पानी बगिरहेको हुन्छ । यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल हो ।

रेसुङ्गा क्षेत्रमा रतुवा (रातो) मृग, खरायो, चितुवा, कालिज, कोइली, घोरल, सुगा, बट्टाई लगायतका ८ सय ६२ प्रजातिका चराचुरुङ्गीहरूको बासस्थल रहेको छ । यस क्षेत्रमा लोपन्मुख काडेभ्याकुर समेत रहेको छ ।

कसरी पुग्ने?
तम्घास बजारदेखि रेसुङ्गाको सिद्धपोखरी भन्ने स्थानसम्म पुग्न गाडीबाट करीव आधा घण्टा र पैदल दुई घण्टा लाग्छ । सिद्धपोखरीबाट आधा घण्टा पैदल हिँडेपछि रेसुङ्गाको शिरमा पुगिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ । पाल्पाको पश्चिम-उत्तरतिर ७९ किलोमिटर पक्की सडकमा साढे दुई-तीन घण्टाको बस यात्राबाट पुगिन्छ गुल्मीको सदरमुकाम तम्घास । तानसेनको काखैमा ढल्किएको छ, रेसुङ्गा पर्वत। तम्घासबाट एकघण्टाको हिँडाइमा सजिलै रेसुङ्गा पुगिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो