Salime Malika Krishi Farm

Awareness Campaign

पोखराका २० वर्षे युवाले नेपालमै पहिलो पटक बनाए साइनबोर्ड बनाउने मेसिन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

राजेश पराजुली, पोखरा: पोखराका २० वर्षीय युवक अभिनाश अधिकारीले नेपालमै पहिलो पटक साइनबोर्ड बनाउने मेसिन बनाएका छन्। करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने बताइन्छ। सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो।

मायाको चिनो खरिदमा मात्रै नेपालबाट करोडौं रुपैयाँ बाहिर जाने गरेकोमा यसलाई रोक्न स्थानीय स्रोत साधनलाई प्रयोग गरेर मेसिन निर्माण गरेको अधिकारीले बताए । आफूले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको उनको भनाइ छ अधिकारी पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा अध्ययनरत छन् ।

विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच आउएको उनी बताउछन् । मेसिन निर्माण कार्यलाई निरन्तरता दिने उनको लक्ष्य छ । एउटा मेसिन निर्माण गरेर मात्र नबस्ने भन्दै उनले बजारीकरणमा सबैले साथ पाएमा अन्य मेसिनहरु पनि निर्माण गर्दै जाने स्पष्ट पारे । मेसिन शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अधिकारीको प्रतिभा निकै प्रशंनीय भएको भन्दै मेसिनको बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए।

सिंचाई
Forest
Ad.

उनले पोखरा सभागृहमा बिजनेस प्रोमोसन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीलाई प्रोत्साहन गर्दै आएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अधिकारी जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकायदेखि निजी क्षेत्रसमेत लाग्नुपर्ने उनको भनाइ छ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताइन् । अब सैद्धान्तिक तहको अध्ययनसँगै सीप विकासको गतिविधिलाईसमेत अगाडि बढाउनुपर्नेमा उनको जोड छ । गुराँस आर्टका निर्देशक तथा अभिनाशका बुबा शिवबहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए। -सेतोमसीबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया