Salime Malika Krishi Farm

Awareness Campaign

पर्यटक तान्दै गुल्मी मुसिकोटको स्वाँरा होमस्टे



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: सिंघारिएकी बेहुलीजस्तै देखिने घरमा सयौं मानिसको जमघट थियो। बाजा बजिरहेको थियो। त्यहीँ तालमा गीत घन्कियोः

‘कोटमा पूजा चल्छ नौ दुर्गामा,
बसेकी छन् मालिका कुर्घामा….
मुसिकोट नगरपालिका …
मनको पुकार कसैले सुनेन बुझेननन्
चिच्चाएर वर माग्न आउँला मालिका…’

गीतसँगै झुम्मिएका मानिसहरु झुम्न थाले। दृश्य थियो, पुसे पन्ध्रको। स्थान हो, गुल्मीको कुर्घा स्वाँरा गाउँ।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिका वडा नं. ६ साविक कुर्घा गाविसको मालिकादेवी मन्दिरमा चिच्चाएर वर मागे चिताएको पुग्छ भन्ने जनविश्वास छ। मंसिर पूर्णिमादेखि तीन दिनसम्म यहाँ भव्य मेला लाग्छ।

सदरमुकाम तम्घासबाट रातडाँडा, ईन्द्रेगौडा, भुवाचिदी हुँदै करिब ३५ किलो मिटर दुरीमा पर्ने मालिका मन्दिरमा अघिपछि पनि भाकल चढाउनेहरुको भिड उत्तिकै हुन्छ। छिमेकी जिल्ला बाग्लुङवासीको समेत सदियौंदेखिको आस्थाको केन्द्र हो, मालिका मन्दिर।

मुसिकोट नगरपालिका गठन भएयता मन्दिरकोबविकासले ह्वात्तै फड्को मार्न थालेको छ।

पूर्व मेयर सोमनाथ सापकोटाको पालामा त्यहाँसम्म पुग्ने मोटरबाटाको स्तरवृद्धि भएको थियो। त्यसलगत्तै मन्दिर परिसरमा धेरै संरचना बनेका छन्। विकासको त्यो लहरलाई वर्तमान मेयर जीवलाल खरेलले पनि निरन्तरता दिँदै आएका छन्।

Awareness by SKF

मालिका मन्दिरकै महिमाका कारण कुर्घावासीको आम्दानीको श्रोत बढ्दै आएको छ। त्यसमा महत्वपूर्ण योगदान स्वाँरा होमस्टेको रहेको छ। यो सामुदायिक होमस्टे जिल्लाकै पहिलो होमस्टे हो। यहाँ क्रमिक रुपमा मानिसहरु जाने आउनेको लर्को बढेको छ।

२०६९ साल जेठ २९ गते तत्कालिन जिल्ला विकास समितिले सञ्चालनमा ल्याएको स्वाँरा गुरुङ सामुदायिक होमस्टेमा अर्गानिक खानपिन र झ्याउरे गीत र नौमति बाजा तालको नाचगानका कारण त्यहाँ बस्ने जाने मानिसहरुको चाँप पढेको हो। उकालो बाटो जीप र बाइकमा पहिला मानिसहरु मालिका मन्दिरको दर्शन गरेर समुन्द्री सतहदेखि करिब १५ सय मिटर उचाईमा रहेको स्वाँरा गाउँ तलबाट हेर्दा चिल उड्ने डाँडा जस्तो देखिए पनि माथि पुग्दा समथल र आकर्षक उपत्यका हो।

मनै लोभ्याउने थलो भएकोले तत्कालीन जिल्ला विकास समितिले गुल्मीमा पहिलो पटक होमस्टे स्थापना गरेपछि त्यहाँ शारीरिक र मानसिक थकान मेटाउन मानिसहरु जाने गर्दछन् ।

लोकल कुखुरा, कोदो तथा फापरको ढिंडो लगायतका अर्गानिक परिकार खान मानिसहरु आउने गरेको स्थानीय वर्षा गुरुङ बताउँछिन्। हरेक वर्षको पुस १५ का दिन तमु ल्होसार पर्व यहाँका गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व हो।

गुरुङको सांस्कृतिक संरक्षणसँगै उनीहरुले नौमती बाजा पनि आफैले बजाउने गरेका छन्। बाजा तालमा झुम्दै स्थानीयहरुले मनोरञ्जनमय बनाउने गरेका छन्।

होमस्टे सञ्चालनमा स्थापना कालदेखि नै भारतीय सेनाका अवकाशप्राप्त सुवेदार कुलबहादुर गुरुङले ठूलो योगदान पुराउँदै आएका छन्। हाल बुटवलमा बसे पनि उनले पेन्सनको केही हिस्सा रकम होमस्टे सञ्चालनमा लगाएका छन्। तमु ल्होसार वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै उनै सुवेदार कुलबहादुर गुरुङले हालसम्म प्रदेश सरकार र स्थानीय सरकार मुसिकोटले गरेको सहयोग प्रति आभारप्रकट गर्दै थप विकासका लागि अनुरोध गरे।

ल्होसार पर्वको महिमा बारे जानकारी दिँदै होमस्टे सञ्चालन समितिका सचिव जीतबहादुर गुरुङले व्यापक प्रचार प्रसारका लागि सञ्चारमाध्यमहरुलाई अनुरोध गरे। गुरुङ समुदायको संस्कृति संरक्षण र होमस्टे सञ्चालनमा स्थानीय र प्रदेश सरकारले ठूलो सहयोग गरेको रथप विकासका लागि आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको अध्यक्ष झलकसिंह गुरुङको भनाई छ।

स्वाँरा गुरुङ होमस्टेको विकासमा नगरपालिकाले पहल गर्दै आएको र आगामी दिनमा पनि गर्ने मुसिकोट नगरपालिकाका मेयर जीवलाल खरेलले बताए।

स्वाँरा गाउँमा ३२ घरधुरी र कुर्घाभर ६९ घरधुरी गुरुङ समुदायहरु बसोबास गर्दछन्। उनीहरुले आर्थिक संकलन गरेर बौद्ध स्तुपा पनि निर्माण गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया