Salime Malika Krishi Farm

Awareness Campaign

नेपाली भूमि जोगाउन भारततिर गुलेली ताकिरहेकाहरुको भित्री कथा: काे हुन यी महिला?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडाैं: नदीको किनारमा स्थानीय मानिसहरुको हुल छ। नजिकै सशस्त्र प्रहरी पनि। हातमा ढाल समातेका छन्, उनीहरुले। त्यसैबीचमा दुईजना महिला गुलेलीमा ढुंगा राखेर पारिपट्टी ताकिरहेका छन्। अर्का युवक गुलेली नै समातेर बसेका छन्। यो दृश्य केही दिनयता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यो दार्चुलास्थित महाकाली नदीको दृश्य हो।

उनीहरु महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण गरेर नदीको बहाव नेपालतिर फर्काउने खोजेपछि विरोधमा उत्रिएका दार्चुलाबासी हुन्। तीमध्येकी एक हुन् २७ वर्षीया सुशीला ऐतवाल। उनी व्याँस गाउँपालिका–१ छाङ्रुकी हुन्। उनको घर महाकाली किनारमा पनि छ। छाङरुका बासिन्दा ६ महिना खलंगा र अर्को ६ महिना छाङरु बस्ने गर्दछन्। अहिले चिसो छल्न ‘कुञ्चा’ सरेर खलंगा पुगिसकेका छन्।

महाकाली किनार बस्ने ऐतवाललाई वर्षात्मा नदीले सताउँछ। त्रासै त्रासमा रात काट्छिन्, उनी। अहिले उनलाई भारतीयको डर छ। कतिबेला महाकालीमा भारतले नदीको धार नेपालतिर फर्काउँछन् भनेर ढुकी बस्छन्, त्यहाँका स्थानीय। ऐतवालको परिवारमा श्रीमान्, १२ वर्षीया छोरी र ९ वर्षीय छोरा छन्। आइतबार महाकालीमा भारतले तटबन्ध निर्माण गरिरहेको थियो।

सिंचाई
Forest
Ad.

त्यसक्रममा भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतिर आउने गरी काम गरे। त्यसको विरोधमा स्थानीय उत्रिए। त्यस क्रममा भारतीय पक्षबाट ढुंगामुढा भएपछि नेपाली पनि प्रतिकार उत्रिएर गुलेलीले ढुंगा बर्साएका थिए। भारतीय पक्षबाट भएको ढुंगा प्रहारबाट त्यस दिन चारजना नेपाली घाइते भएका थिए। विरोधमा उनीहरुले दार्चुला र धार्चुला जोड्ने महाकालीमाथिको पुल बन्द गराएका थिए।

त्यसको अर्को दिन भारतीय पक्षले पनि दुई घण्टा पुल बन्द गराएको थियो। आइतबार त्यो घटनापछि भारतीय पक्षले नेपाली प्रवेशमा कडाइ गरेको छ। स्थानीय प्रशासन र भारतीय पक्षलाई बारम्बार भन्दा पनि एकलौटी महाकालीको बहाब नेपालतिर फर्काउने गरी भारतले तटबन्ध बनाइरहेकाले विरोधमा उत्रिएको ऐतवाल बताउँछिन्।

‘भारतीय पक्षलाई महाकालीको धार परिवर्तन नगर्ने गरी काम गर्न भन्यौं, तर महाकालीको बीचमा बाँध लगाएर नदी नेपालतिर फर्काउने खोजियो,’ उनले नेपालखबरसँग भनिन्, ‘यसमा नेपाल सरकार पनि निरीह देखियो, अझै भारततिरबाट ढुंगा हानियो, त्यसैले प्रतिकारमा उत्रिएका हौँ।’ महिला र युवाहरु गुलेली तथा ढुंगा लिएर भारतविरुद्ध प्रतिकारमा उत्रिरहेका छन्।

उनीहरुको यो तस्बिर स्थानीय अमन बोहराले कैद गरेका थिए। अहिले यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। आफूहरु स्वस्फुर्त भारतीय ज्यादतीविरुद्ध उत्रिएको उनीहरुको भनाइ छ। ‘बाँध महाकालीको बीचमा बनाउँदा नदी पूरै नेपालतिर आउँछ, नेपाली बस्ती बाढीले सखाप हुन्छन्,’ आन्दोलित अर्की मइता बोहराले नेपालखबरसँग भनिन्, ‘सरकार गुहार्दा पनि हाम्रो सुरक्षा गर्न सकेन, त्यसैले भूमिरक्षाका लागि जुनसुकै कदम चाल्न तयार छौँ।’

Awareness by SKF

भारतीयको हेपाहा व्यवहारबाट आजित भएर विरोधमा उत्रिनु परेको उनी बताउँछिन्। ‘नेपाली चेलीबेटीलाई गालीगलौज र अनावश्यक दुःख दिने गर्छन्, कहिलेसम्म भारतको बेपाह व्यवहार सहनुपर्ने?,’ उनले भनिन्, ‘सरकारले नगरेपछि आफ्नो सुरक्षा आफैँले गर्नुपर्‍यो।’ अझै भारतले महाकालीको धार परिवर्तन गर्ने गरी बाँध निर्माण गरिरहे प्रतिकारमा उत्रिने उनीहरुको चेतावनी छ।

‘पानी बीचबाट बग्ने गरेर बाँध बनाउनु पर्‍यो, त्यसमा केही अवरोध छैन,’ सुशीलाले भनिन्, ‘भारतीयसँग हाम्रो कुनै दुश्मनी छैन, हाम्रोतिर क्षति नहुने गरेर काम गर्नुपर्छ ।’ भारततिर ढुंगा प्रहार गर्नेलाई एसएसबीले प्रवेश गर्न नदिनेसम्मका धम्की दिएका छन्। नेपालीहरु भारतमा निर्भर छन्। घरखर्च चलाउन दैनिक ज्यालादारी र किनमेल गर्न नेपालीहरु भारततिर जान्छन्। नेपाली भूभागबाट छाङरु र तिंकर जाने बाटो नहुँदा अनुमति लिएर भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ।

‘अस्तिको घटनापछि नेपालीहरुलाई भारतीयले तारो बनाएका छन्, भारत आउन दिदैनौँ भनेका छन्,’ आन्दोलित अमन बोहराले भने, ‘हामी उनीहरुको बाटो प्रयोग गर्दैनौँ, नेपालतर्फको बाटो प्रयोग गरेर तिंकर–छाङरु जान्छौँ।’ जतिसुकै दुःख, कष्ट सहेर पनि नेपाली बाटो भएर गाउँ जाने बताउँदै उनले गोरेटो बाटो बनाउनु पर्ने माग गरे। सरकारले नेपालीको सुरक्षा गर्नुपर्नेमा मुकदर्शक बनेर बसेको बोहरा बताउँछन्।

‘भारतले महाकालीमा उत्रो बलमिच्याइँ गर्दा सरकार निरीह बन्यो, भारतको दादागिरी रोक्नुपर्छ,’ उनले भने, ‘होइन भने हामी आफ्नो भूमि रक्षाका लागि जस्तो सुकै कदम पनि चाल्न तयार छौँ।’ -नेपाल खबरबाट साभार

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया