Salime Malika Krishi Farm

Awareness Campaign

जग्गा किन्न छाडेर २ सय २५ मा रेडियो किनेका ‘रेडियो बाजे’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

धादिङ: जस्ताको छानो। बाँसले बेरिएको गाईगोठ। गोठको आडैमा चुलो। कहिले एक हल गोरुसँगै डाँडा पाखा घुम्छन्, कहिले डोको थुन्से बुनेर दैनिकी गुजारिरहेका हुन्छन्। तर, गाउँ पुगोस् या बेँसी अनि भन्ञ्याङ चौतारी। चुन्से बुन्दै गर्दा होस् या गोठालो जाँदा धुनीबेँसी नगरपालिका-७ का कृष्णबहादुर तामाङको साथमा सधैँ रेडियो गुञ्जिरहेको हुन्छ।

गाउँमा रेडियो बाजेको उपनामले चिनिने तामाङ भन्छन्– ‘जग्गा किन्न छाडेर रेडियो किनेँ। रेडियो मेरो साथी बनेको छ। अहिले म रेडियोसँगै हाँस्छु, रेडियोसँगै रुन्छु।’ पैसा कमाउने कहरले तामाङ सहर छिरे। रहरले रेडियो किनेर गाउँ फर्केको बताउँछन्। अरूको घर तथा होटेलमा रेडियो बजेको देख्दा रेडियो किन्ने उग्र चाहना जाग्यो।

उनले थप्छन्– ‘२०२८ सालमा पहिलोपटक २ सय २५ रुपैयाँ तिरेर रेडियो किनेँ। त्यतिखेर ज्याला मजदुरी गर्दा प्रतिदिन ५ रुपैयाँ दिन्थ्यो। रेडियो किन्न मैले लामो समय खर्चिएको छु। रेडियो किनेको पैसाले गाउँठाउँमा धेरै नै जग्गा जमिन आउँथ्यो। जग्गा किनेको भए अहिले करोडपति हुने रहेछु। रेडियो किनेँ, देश विदेशको खबर सुन्न पाएँ र खुसी छु।

सिंचाई
Forest
Ad.

रेडियो मेरो सुखदु:खको साथी बनेको छ,’ उनको भनाइ छ। रोजीरोटीका लागि काठमाडौंमा पाँच वर्ष मात्र होइन, उनी काँकडभित्ता, धरान, जनकपुरलगायतका ठाउँहरू पुगेको बताउँछन्। तर, ३० वर्षदेखि उनी गाउँमै छन्। जहाँ पुगे पनि उनको साथमा रेडियो छुटेको छैन।

उनले भने, ‘अहिलेसम्म दर्जनभन्दा बढी रेडियो किने होला। पछिल्लो समय धार्केमा सात सयमा किनेको रेडियो यही हो।’ ६३ वर्षीय तामाङको घरमा श्रीमती, छोरा बुहारीहरू पनि छन्। तर, उनी प्रायः घरभन्दा अलि तल गोठमा एक्लै बस्छन्। जाँगर चलेको वेला घर पनि जान्छन्। उनी भन्छन्, ‘एक्लै हुँदा बोल्ने साथी हुँदैन। रेडियो सधैँ मसँगै हुन्छ।

रेडियो कार्यक्रम र समाचारले आफ्नै कुरा बोलेजस्तै लाग्छ। धेरैले आफ्ना पीडाहरू सुनाउँछन्। उनीहरूले रेडियोमा रुँदै आफ्नो पीडा भनिरहँदा कति खेर आँखाबाट आँसु खस्छ पत्तै हुँदैन। खुब चित्त दुख्छ। मान्छेहरूलाई कति दुःख पीडा छ। आफूलाई त आनन्दै छ जस्तो लाग्छ। फेरि कतिले खुसी सुनाउँछन्। गीत गाउँछन्, रमाइलो गर्छन्।

अनि रेडियोसँगै म आफू पनि रमाइरहेको हुन्छु। म त रेडियोसँगै हाँस्छु, रुन्छु अनि रेडियोसँगै बाँचेको छु।’ प्रविधिले फड्को मारे पनि दुर्गम बस्तीको छाप्रोमा सूचना दिने रेडियो नै हो। उनले भने– ‘रेडियो सूचना लिने सहज र सुलभ माध्यम हो।

Awareness by SKF

मैले २०४६ सालको जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड, देशमा विभिन्न समयमा भैरहेका निर्वाचन जस्ता महत्वपूर्ण सूचना रेडियोबाटै जानकारी पाए।’ पहिले त गाउँलेले यो बुढा कति रेडियो सुन्छ भन्थे। के गर्नु पत्रपत्रिका गाउँसम्म आई पुग्दैन। उनले भने, ‘गाउँमा टेलिभिजनको पनि पहुँच छैन। महँगा मोबाइल किन्ने हाम्रो क्षमता छैन।

तर, सुन्न चाँहि धेरैले अहिले गाउँमा रेडियो सुन्छन्। अरूहरूले पनि रेडियो सुनेको देख्दा खुसी लाग्छ। भर्खरै स्थानीय तहको निर्वाचन सकियो। चुनावको वेला त भोट हाल्न कहिले जानेदेखि कहाँ कसले जित्यो भन्ने जानकारी लिन मानिसहरू रेडियो सुन्ने गर्छन्।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया