Smoking Causes Cancer

बागलुङको पर्यटनमा १० करोडको निजी लगानी : खुल्यो सुविधा सम्पन्न ‘होटल आँगन’



ओझेलका खबर
२३ घण्टा अगाडि


Place for ads

बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको हव बागलुङमा निजी क्षेत्रको करिब १० करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बागलुङ नगरपालिका–२ का प्रतिष्ठित उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले आज एक भव्य समारोहका बीच गर्नुभएको हो।

होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र विभिन्न समारोह सञ्चालन गर्न सकिने तीनवटा सुविधासम्पन्न हल रहेका छन्। स्थानीय पर्यटन तथा आतिथ्य सेवालाई थप व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालनमा आएको होटललाई बागलुङको पर्यटन पूर्वाधारमा निजी क्षेत्रबाट भएको महत्वपूर्ण लगानीका रूपमा हेरिएको छ।

सिंचाई
Forest
Ad.

होटल व्यवसायी महासंघ नेपालले देशभरका होटल तथा पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न संस्थागत तथा नीतिगत पहल अघि बढाइरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

महासंघले व्यवसायीको हकहित संरक्षण, सरकारसँग नीतिगत पैरवी, पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता, सीप तथा क्षमता अभिवृद्धि तालिम, सेवा गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग र स्थानीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

महासंघले पछिल्लो समय होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले ‘Digital Literacy for Hotel Industry’ अभियानसमेत अघि बढाएको छ।
यस अभियानमार्फत डिजिटल मार्केटिङ, अनलाइन ट्राभल एजेन्सी (OTA), प्रोपर्टी म्यानेजमेन्ट सिस्टम (PMS), गुगल रिभ्यु तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका प्रविधिको प्रयोगबारे व्यवसायीलाई सचेत र सक्षम बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, पर्यटनसँग सम्बन्धित सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा होटल व्यवसायीका लागि सीपमूलक तालिम, खाद्य सुरक्षा, स्वच्छ भान्छा, सेवा गुणस्तर अभिवृद्धि र गन्तव्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

Awareness by SKF

अध्यक्ष भण्डारीका अनुसार देशका सातै प्रदेश र स्थानीय तहसम्म होटल तथा पर्यटन व्यवसायीलाई जोड्दै व्यवसायीका समस्या समाधान, लगानी संरक्षण र पर्यटनको आर्थिक योगदान वृद्धि गर्न महासंघले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य कमल न्यौपाने, महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराई, कोषाध्यक्ष गोपाल पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ बागलुङका अध्यक्ष राजनकुमार शाक्य, एकीकृत सेवा केन्द्रका पूर्वप्रमुख पारसिंह थापा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषि गौतमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता बागलुङ होटल व्यवसायी संघकी उपाध्यक्ष ललिता थापाले गर्नुभएको थियो भने सञ्चालन संघकी सचिव कविता बस्नेतले गर्नुभएको थियो।

करिब १० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको होटल आँगनले बागलुङमा स्तरीय आतिथ्य सेवा उपलब्ध गराउनुका साथै जिल्लाको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
……..
पोस्ट मिति : २०८३ मंसिर ३ गते
समय : १४: १५  बजे
……
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो