Smoking Causes Cancer

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा महिला घाइते, थप उपचारका लागि भैरहवा पठाईयो



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

सन्धिखर्क । आगलागीका बेला गोठमा भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घाइते बस्याललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा करिब २० प्रतिशत शरीर जलेको र अवस्था मध्यम रहेको बताइएको छ। उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ।

गोठमा लागेको आगो दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागी हुनुको कारण र भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।
……
पोस्ट मिति : १ मंसिर २०८३
समय : मध्यान्ह  १२ बजे 
……
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो