Smoking Causes Cancer

प्रचण्डको मस्कोबाट सन्देश : नयाँ विश्व व्यवस्था प्रभुत्व होइन, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित हुनुपर्छ



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

मस्को । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ विश्व व्यवस्था कुनै शक्तिशाली राष्ट्रको प्रभुत्वमा नभई सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित हुनुपर्ने बताएका छन्।

रुसको राजधानी मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रता’ (For the Freedom of Nations) विश्व सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक स्वतन्त्रताले मात्रै आर्थिक स्वतन्त्रताको सुनिश्चितता गर्न नसक्ने धारणा राखेका हुन्।

सम्मेलनमा सहभागी विभिन्न राजनीतिक दल, राष्ट्रिय मुक्ति आन्दोलन तथा प्रगतिशील सङ्गठनका प्रतिनिधिहरूलाई नेपाली जनताको तर्फबाट शुभकामना र ऐक्यबद्धता व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको सङ्घर्ष अझै पूरा नभएको बताए।

सिंचाई
Forest
Ad.

मजदुर, किसान, महिला, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको राजनीतिक सहभागिता विस्तार हुनु परिवर्तनको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। यद्यपि आर्थिक समानता, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका आकाङ्क्षा अझै पूर्ण रूपमा सम्बोधन हुन बाँकी रहेको उनले स्वीकार गरे।

नेपाली कम्युनिस्ट पार्टी मार्क्सवाद–लेनिनवाद र ‘नेपाली विशेषतासहितको समाजवाद’प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट, समाजवादी, साम्राज्यवादविरोधी तथा प्रगतिशील शक्तिहरूबीच साझा सिद्धान्त र वैचारिक स्पष्टताका आधारमा एकता र सहकार्य आवश्यक रहेको बताए।

प्रचण्डको सम्बोधनले राष्ट्रिय स्वाधीनता, आर्थिक मुक्ति, बहुध्रुवीय विश्व व्यवस्था, सामाजिक न्याय र विश्व शान्तिको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ।

……

Awareness by SKF

श्रोत : प्रेस संगठन नेपाल , केन्द्रिय समिति
पोस्ट मिति : ३० कार्तिक  २०८३
समय : बेलुका ९ .१५ बजे 

…….
ओझेलका खबर — खबर भित्रको खबर

……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो