Clean Water Campaign

Awareness Campaign

सामाजिक सञ्जाल आफन्तद्वारा आफन्त विस्तार प्रतियोगिताको आयोजना, रु. १० हजार जित्ने मौका



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: नेपालको पहिलो वेबमा आधारित व्यावसायिक सामाजिक सञ्जाल आफन्त डट कमले सञ्जाल विस्तार गर्ने उद्देश्य लिएर आफन्त विस्तार प्रतियोगिताको आयोजना गरेको छ। पाँच जना भाग्यशाली प्रतियोगिलाई जनही रु. १० हजार नगद र व्यवसाय विकास तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा सहभागिता जनाउन तलको टेक्स्ट मेसेजलाई कपि गरेर एसएमएस, भाइबर अथवा ह्वाट्सएप मार्फत आफ्ना पाँच जना साथी वा आफन्तहरुलाई पठाउनु पर्नेछ र त्यसलाई स्क्रिनसट गरेर www.aafanta.com मा गई साइन अप अथवा एकाउन्ट निर्माण गरेर (पहिल्यै एकाउन्ट भएकाले साइन इन अथवा लग इन) त्यो स्क्रिनसटलाई पोष्ट गर्नुपर्नेछ। आगामी साउन १५ गते (जुलाई ३०) प्रतियोगिताको विजेता घोषणा गरिने बताइएको छ। विजेता गोलाप्रथा (कम्प्युटर प्रविधि) द्वारा छनोट गरिनेछ।

आफन्त नेपालीहरुले निर्माण गरेको सामाजिक सञ्जाल हो। यसको मुख्य उद्देश्य साना उद्योग तथा व्यवसायहरुको प्रवर्द्धन गर्ने रहेको छ। यसमा प्रोफाइल निर्माण गरेर आफ्ना उत्पादन र सिपलाई प्रदर्शन गर्न तथा विभिन्न उत्पादनहरुका बारेमा जानकारी लिन पनि सकिन्छ। यस साइटमा फेसबुक आदि सोसल नेटवर्किङ साइटमा जस्तो टेक्स्ट, तस्वीर वा भिडियो राख्न पनि सकिन्छ।

सिंचाई
Forest
Ad.

यो म्यासेज ५ जना साथीलाई फोनबाट SMS पठाउनुस्। https://aafanta.com/register मा क्लिक गरी खाता खोलेर आफूले पठाएको म्यासेजको फोटो पोष्ट गर्नुहोस्। हजारौँ रुपैयाँ जित्ने मौका।

सामाजिक सञ्जाल आफन्त र आफन्त विस्तार प्रतियोगिताको बारेमा विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया