काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुबाहक तथा सार्वजनिक सवारी साधनको सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ।
उक्त सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको भन्दै जिल्ला सुरक्षा समिति काठमाडौले सवारी सञ्चालनमा नयाँ व्यवस्था लागू गरेको हो।
दुर्घटना बढ्नुमा सडक तथा सवारी साधनको अवस्था ठीक नहुनु, चालकको लापरवाही, तीव्र गति, घुम्ती तथा भिरालो सडक, रात्रिकालीन समयमा उज्यालोको कमी, प्रतिस्पर्धाका कारण चालकमा हुने तनाव, अनिद्रा तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।
सवारी साधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसमेतको समन्वयमा भाडाका तथा यात्रुबाहक प्रत्येक सवारी साधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउने जनाइएको छ।
उक्त सूचना काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष ईश्वरराज पौडेलले हस्ताक्षर गरी जारी गरेका हुन्।
……..
पोस्ट मिति : २०८३ कार्तिक २८ गते
समय : बिहान १०.५०
…….
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






