Smoking Causes Cancer

गुल्मी सेवा समाज कतारको देउसी–भैलो कार्यक्रम उल्लासमय रूपमा सम्पन्न



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

दोहा, कतार । प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित गुल्मी सेवा समाज कतारले आयोजना गरेको देउसी–भैलो तथा भेटघाट कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ।

‘प्रतिबद्धता : निःस्वार्थ समाज सेवा, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको समाजले दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई गाउँघरको सांस्कृतिक वातावरण र आत्मीयताको अनुभूति गराएको थियो।

समाजका अध्यक्ष मित्र बी.एस.को अध्यक्षता तथा प्रमुख संरक्षक बुद्ध पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव कुमार राहादी मगरले सहजीकरण गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष सुरज चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम कतारको एनखलितस्थित हायक टी क्याफे एन्ड रेस्टुरेन्टमा आयोजना गरिएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा समाजका संरक्षक विजय बस्नेत, सल्लाहकारहरू कुमार अविरल पन्थी, भीम तरामु मगर, बाबुराम महत, अर्जुन कुँवर र अमित गौतमलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सजन लौडारी, उपाध्यक्ष टेक राज थापा, प्युठान सेवा समाज कतारका अध्यक्ष समुन्द्र खड्का, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, अर्घाखाँची सेवा समाज कतारका महासचिव तिलकराम घिमिरे , विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण संस्थाका सांस्कृतिक संयोजक बाबुराम परियारको नेतृत्वमा लक्ष्मी गिरीलगायत  स्थानीय कलाकारहरूले प्रस्तुत गरेका मौलिक देउसी–भैलो तथा सोरठी नाचले    सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो  ।   प्रस्तुतिले नेपाली लोककला, संस्कृति र परम्पराको सुन्दर झल्को दिएको  थियो।

प्रवासको व्यस्त दैनिकीबीच आयोजित यस कार्यक्रमले नेपालीहरूबीच आत्मीयता र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको सहभागीहरूको अनुभूति थियो।

Awareness by SKF

कार्यक्रमको समापन गर्दै अध्यक्ष मित्र बी.एस.ले नेपाली मौलिक चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजले कतारमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, पदाधिकारी, सदस्य तथा सम्पूर्ण सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाका गतिविधिमा सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

समग्रमा, गुल्मी सेवा समाज कतारको यस कार्यक्रमले प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्न सकिन्छ भन्ने सन्देश दिएको छ। देउसी–भैलोको सांस्कृतिक रौनकसँगै आत्मीय भेटघाट र आपसी सद्भावको वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो।

.…….
समाचारदाता : बाबुराम महत

…….
पोस्ट मिति : २०८३ कात्तिक २८ गते (१४ नोभेम्बर २०२६)
समय : बिहान ०९. ५० 

……..
ओझेलका खबर — खबर भित्रको खबर

……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो