आमा–छोरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
नवलपरासी । घरायसी विवादका क्रममा आमा–छोरीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्तिक २५ गते बिहान १० बजेको समयमा पाल्हीनन्दन गाउँपालिका–५, विष्णुपुरास्थित एक घरमा कुटपिटको घटना भएको थियो।
उक्त घटनामा सोही स्थान निवासी ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि घरायसी विवादका कारण लाठी तथा भाटासमेत प्रयोग गरी कुटपिट तथा हातपात गरिएको प्रहरीको भनाइ छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि भाइरल भएको थियो। त्यसपछि प्रहरीले घटनाबारे तत्काल बुझी पीडित तथा जाहेरवाला पूजा कुमारी गुप्ताबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दरखास्त लिएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्तालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रशासन कार्यालयबाट कात्तिक २५ गतेदेखि लागू हुने गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख
A
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
…….
पोस्ट मिति : शुक्रबार, २७ कात्तिक २०८३
समय : १m१३ . १५ : बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
…… .
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







