Smoking Causes Cancer

ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका ५६ मोटरसाइकल तथा स्कुटर प्रहरी नियन्त्रणमा



ओझेलका खबर
४९ मिनेट अगाडि


Place for ads

काठमाडौँ । चाडपर्वका बेला बस्ती तथा सडकमा ठूलो आवाज निकालेर ध्वनित्रास फैलाउने गरी स्वरूप परिवर्तन गरिएका ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले सञ्चालन गरिएको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका वृत्त र प्रभागबाट खटिएका प्रहरी टोलीले राजधानीका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिएका हुन्।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
सडक सुरक्षा र वातावरणीय शान्ति भंग हुने गरी सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाउनेमाथि निगरानी थप कडा पारिने प्रहरीले जनाएको छ।
…….
पोस्ट मिति : २०८३ कात्तिक २५ गते समय : बेलुका ८. ५५ बजे  
…….
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो