बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि भारतको लखनउतर्फ लैजाने क्रममा मृत्यु भएको हो।
दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
त्यस्तै, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र सोही मोटरसाइकलमा पछाडि सवार २०/२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन्। सहाबुदिनको टाउको र अनुहारमा तथा जमालको टाउको, मुख र अनुहारमा चोट लागेको छ।
प्राप्त विवरणअनुसार हिजो दिउँसो करिब १ बजेतिर भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
………
पोस्ट मिति : २५ कात्तिक २०८३, बुधबार
समय : ०८ : ३० बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







