Smoking Causes Cancer

तिहारको हर्षमा सफलताको वर्षा : श्रीमान्–श्रीमती नै एकैपटक शाखा अधिकृतमा सिफारिस



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

सोलुखुम्बु । तिहारको उल्लासमय वातावरणमा एउटा परिवारमा खुसीको दोहोरो वर्षा भएको छ। श्रीमान्–श्रीमती नै एकैपटक लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा सिफारिस हुनुभएको छ।

लोकसेवा आयोगको परीक्षामा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ की राधिका श्रेष्ठ र उहाँका श्रीमान् योगेन्द्र श्रेष्ठ एकैपटक शाखा अधिकृत पदमा सिफारिस हुनुभएको हो।

नेचासल्यान गाउँपालिका–५ का वडाध्यक्ष राजन राईका अनुसार राधिका आफ्नै वडाकी चेली हुनुहुन्छ। उहाँको विवाह करिब एक–दुई वर्षअघि योगेन्द्र श्रेष्ठसँग भएको हो। योगेन्द्रको स्थायी घर दोलखा वा धनकुटातिर रहेको भन्नेबारे भने थप पुष्टि हुन बाँकी छ।

सिंचाई
Forest
Ad.

एउटै परिवारका श्रीमान् र श्रीमती दुवै जना एकैपटक लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफल भई शाखा अधिकृतमा सिफारिस हुनु आफैँमा खुसी र प्रेरणाको विषय बनेको छ।

व्यक्तिगत मेहनत, निरन्तर अध्ययन र एकअर्काको साथले प्राप्त गरेको यो सफलताले सरकारी सेवामा प्रवेश गर्न चाहने युवायुवतीलाई समेत प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ।
राधिका र योगेन्द्रलाई ओझेलका खबरको तर्फबाट हार्दिक बधाई तथा आगामी सेवाकालको सफलताको शुभकामना!

……….
पोस्ट मिति : २३ कात्तिक २०८३, सोमबार
समय : दिउँसो ३. ५० बजे

…….
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो