Smoking Causes Cancer

दुईभाई कि तिहारकि चेली १३ बर्षिया मेनुकाको ढुङ्गाले लागेर ज्यान गएपछी शोकमा सुनार परिबार



ओझेलका खबर
५ घण्टा अगाडि


Place for ads

प्युठान । तिहारको मुखमा प्यूठानको गौमुखी गाउँपालिका–५ खुङस्थित तारेभि’रमा शनिबार बाटोमा हिँडिरहेका बेला माथिबाट ख’सेको ढुङ्गा लागेर १३ वर्षीया मेनुका सुनारको मृ*त्यु भएको छ। उनको शनिबार जिल्ला अस्पतालमा उपचार गर्न ल्याईएकोमा ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल पराजुलीले जानकारी दिनुभयो ।

त्यस वडाका वडाध्यक्ष वरुणध्वज मल्लका अनुसार मृतक मैते सुनार कि कान्छी छोरी हुन । उनी त्यस दिन ठुलावेसी बजारमा लागेको मेला हेर्न जाँदै थिईन । तर मेलामा पुग्न नपाई एक्कासि बाटो माथी बाट खसेको ढुङ्गाले किचेर ज्यान गएको हो । मल्ल भन्नू हुन्छ त्यो ढुङ्गा आफै खसेको जस्तो देखिदैन । माथी बाट कुनै जनावरले खसाल्यो कि जस्तो छ ।

मल्लका अनुसार मैते सुनार कि जेठी श्रीमति तर्फ तीन छोरी र दुई छोराहरु छ्न । जेठी श्रीमतिकी मृत्यु भएपछि उन कि बहिनी ( साली ) लाई दोश्रो बिबाह गरेका थिए । कान्छी तर्फ कि मेनुका एक मात्र सन्तान थिईन । निर्दयी नियतिले एक मात्र सन्तान खोसी दिएको छ । तिहारमा रमाउनु पर्ने दलान काजकिरियाको कुनो बनेको छ । भैलो खेल्न खरी फेरेको मादल र मनुरा शोकले मौन बनेका छ्न ।

सिंचाई
Forest
Ad.

मेनुकाप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल सुनार परिवारमा गहिरो समवेदना।
…..
पोस्ट मिति : सोमबार, २३ कात्तिक २०८३
समय : अपरान्ह १२ : ४०
….
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो