Smoking Causes Cancer

रोल्पाको रुइनिबाङ बजारमा मोबाइल पसलमा आगलागी, ७० लाखको क्षति



ओझेलका खबर
७ घण्टा अगाडि


Place for ads

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, रुइनिबाङ बजारस्थित एक मोबाइल पसलमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सोमबार बिहान करिब २:३० बजे स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा एक्कासि आगलागी भएको हो।

आगलागीबारे बिहान ३:३० बजे इलाका प्रहरी कार्यालय सुलिचौरमा खबर प्राप्त भएपछि प्रहरी निरीक्षक अनिलकुमार चौधरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा बिहान करिब ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल तथा मोबाइल मर्मतका पार्टपुर्जाहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक विवरणअनुसार करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रारम्भिक बुझाइमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ।

…..
पोस्ट मिति : २४ कात्तिक २०८३
समय : बिहान  १०.४० 

…..
ओझेलका खबर — खबर भित्रको खबर

……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो