Smoking Causes Cancer

दैलेखमा बिरामी बोकेको जिप ३०० मिटर तल खस्यो, एक जनाको मृत्यु, पाँच घाइते



ओझेलका खबर
५ घण्टा अगाडि


Place for ads

दैलेख ।कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गुराँस गाउँपालिका–१ काफलतोलीका ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिनुभयो
।
उहाँका अनुसार जिप चालक २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन् भने अन्य चार जनाको अवस्था मध्यम रहेको छ।

प्रहरीका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
…….
पोस्ट मिति : २३ कात्तिक २०८३
समय : बिहान ०९:५० बजे
……..
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो