⚠️ विपद्जन्य जनहितमा जारी सूचना
गुल्मीका सम्पूर्ण पालिकावासीको ध्यानाकर्षण!
वर्षायाम सक्रिय भएसँगै अविरल वर्षा, बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरिन्छ–
🌧️ मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् र आवश्यक सतर्कता अपनाउनुहोस्।
⛰️ बाढी, पहिरो तथा डुबानको जोखिम भएका स्थानबाट टाढा रहनुहोस्। जोखिम देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनुहोस्।
👨👩👧👦 बालबालिका, ज्येष्ठ नागरिक तथा गर्भवती महिलाको विशेष सुरक्षा गर्नुहोस्। नदी, खोला, पोखरी तथा पानी जमेको स्थानमा जान नदिनुहोस्।
🍲 स्वच्छ खाना र सुरक्षित पिउने पानी मात्र प्रयोग गर्नुहोस्।
🚫 जोखिमपूर्ण गतिविधि तथा कम गुणस्तरको मदिरा सेवन नगर्नुहोस्।
🌉 खोला–नाला तर्दा पुलको मात्र प्रयोग गर्नुहोस्। जोखिम मोलेर आवतजावत नगर्नुहोस्।
⚡ चट्याङ, हावाहुरी तथा अविरल वर्षाका बेला सुरक्षित स्थानमा बस्नुहोस्। बिजुलीका पोल, रुखमुनि वा अन्य जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
🩺 व्यक्तिगत सरसफाइ, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिऔँ। आपत्कालीन अवस्था आएमा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गरौँ।
❤️ सजग बनौँ, सुरक्षित रहौँ। जीवन अमूल्य छ।
📍 क्रमशः प्रकाशन हुने स्थानीय तहहरू
✅ रेसुङ्गा नगरपालिका
✅ मुसिकोट नगरपालिका
✅ इस्मा गाउँपालिका
✅ गुल्मीदरबार गाउँपालिका
✅ छत्रकोट गाउँपालिका
✅ धुर्कोट गाउँपालिका
✅ सत्यवती गाउँपालिका
✅ चन्द्रकोट गाउँपालिका
✅ रुरुक्षेत्र गाउँपालिका
✅ कालीगण्डकी गाउँपालिका
✅ मालिका गाउँपालिका
✅ मदाने गाउँपालिका
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



