गुल्मी, चैत्र २४ । गुल्मीमा कार्यरत श्रीरामवाण गुल्म, धागीथुम ब्यारेकका सैनिक जवान सौगात सुनार ‘उत्कृष्ट सैनिक जवान २०८२’ बाट सम्मानित भएका छन्।
हिजो गुल्मको २३औं वार्षिकोत्सवका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। त्यसैगरी, सोही गुल्मले मनोरञ्जन तथा खेलकुद विधामा ‘सेमु उत्कृष्ट पुरस्कार’ मा दोस्रो स्थान हासिल गरेको छ।
उक्त अवसरमा नम्बर २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विमलराज शर्माले प्रमुख अतिथिका रूपमा मोडल प्रमाणपत्र, नगद तथा जिन्सी पुरस्कार वितरण गर्नुभयो।
कार्यक्रममा बोल्दै सहायक रथी शर्माले जिल्लामा आइपर्ने विभिन्न विपद्, शान्ति–सुरक्षा तथा विशेषगरी गत निर्वाचनमा श्रीरामवाण गुल्मले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।
समारोहमा जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेल ,बप्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गुल्मपति सेनानी सुभास थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सह–सेनानी अर्जुन रानाले अतिथि सत्कारको व्यवस्थापन गर्नुभएको थियो। कार्यक्रम हवल्दार डाँसिराम विकले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा ‘श्रीरामवाण सांस्कृतिक साँझ’ अन्तर्गत गुल्मगान, सैनिक कला प्रदर्शन तथा एनसिसीका पूर्व विद्यार्थीद्वारा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। प्रस्तुत छ केही झलकहरु
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |












