Salime Malika Krishi Farm

Awareness Campaign

ओली र लेखक पक्राउ प्रति एमाले गुल्मीको आपत्ति, निष्पक्ष छानबिनको माग



ओझेलका खबर
१ मिनेट अगाडि


Awareness

Place for ads

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी गुल्मीले पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।

जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा द्वारा जारी प्रेस विज्ञप्ति मार्फत वर्तमान सरकारले गरेको गिरफ्तारी राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको हो।
विज्ञप्तिमा भनिएको छ कि जेठ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको छानबिन आयोगको प्रतिवेदन “पूर्वाग्रही, नियोजित र अविश्वसनीय” रहेको निष्कर्ष निकालिएको छ।

एमालेले उक्त आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका व्यक्तिकै नेतृत्वमा प्रतिवेदन तयार पारिएको दाबी गरेको छ।

सिंचाई
Forest
Ad.

यसले मानवअधिकार, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको पार्टीको ठहर छ।
विज्ञप्तिमा सरकारको कदमले देशलाई द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्दै राज्यका निकायहरूलाई निष्पक्ष रूपमा काम गर्न आग्रह गरिएको छ। साथै, दोषीमाथि कानुनी कारबाही र निर्दोष व्यक्तिहरूको तत्काल रिहाइको माग गरिएको छ।
एमाले गुल्मीले लोकतन्त्र र विधिको शासनको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै सरकारको “गैरराजनीतिक कदम” विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो