गुल्मी , चैत्र-५ । गुल्मीको चन्द्रकोट गाउँपालिका–५ धुवाखर्कमा आगलागी हुँदा एक गोठ जलेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब ९:४५ बजेको समयमा स्थानीय ४५ वर्षीय श्रीकृष्ण शर्माको टिनले छाएको कच्ची दुई तले गोठमा अचानक आगलागी भएको हो।
आगलागीबाट गोठमा रहेका एउटा पाडा र एउटा बाख्रा जलेर मरेकि प्रहरीले जनाएको छ। आगलागीमा मानविय क्षति भने भएको छैन।
स्थानीयवासीको सक्रियतामा आगो करिब राति ११:४५ बजे नियन्त्रणमा आएको थियो। आगलागीका कारण गोठभित्र रहेका काठपात तथा जस्तापाता पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




