Smoking Causes Cancer

बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी



लालु प्रसाद गैरे
४ महिना अगाडि


Place for ads

बागलुङ: जिल्ला क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी हुनुभएको छ ।

उहाँले १२ हजार ६ सय ४७ मत ल्याएर विजयी हुनुभएको थियो । त्यस्तै शर्माका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७ सय ९ मत, नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ७ हजार ८ सय ६४ मत, श्रम संस्कृति पार्टीका हर्क बहादुर पुनले ५ सय ६४ मत, जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ती मगरले ३ सय १५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही ठकुरीले २ सय ४३ मत, नेशनल रिपव्लिक नेपालका नर बहादुर बुढाले १ सय ९७ मत, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले ७९ मत, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामीले ७६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका पदम बहादुर कुँवरले ४३ मत र मंगोल नेशनल अर्गनाईजेशनका जुन बहादुर थापा मगरले २१ मत प्राप्त गर्नुभएको छ ।

गएको फागुन २१ गते भएको प्रतिनिधी सभाको चुनावमा बागलुङ जिल्ला क्षेत्र नम्वर २ मा ९५ हजार ३ सय ५३ मतदातामध्ये ४७ हजार ५ सय ४७ जनाले मतदान गरेका थिए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो