Smoking Causes Cancer

वित्त आयोगको प्रतिवेदनमा मालिका प्रथम, धुर्कोट दोस्रो



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: नेपाल सरकार, वित्त आयोगको गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा गुल्मीको मालिका गाउँपालिका यस जिल्लाका सबै पालिकामध्ये सबैभन्दा बढी नम्बर ल्याएर प्रथम भएको छ। त्यस्तै धुर्कोट गाउँपालिका दोस्रो बनेको छ। यहाँका पालिकाहरूलाई वित्त आयोगबाट आज प्राप्त प्रतिवेदन अनुसार रेसुङ्गा नगरपालिका तेस्रो स्थानमा छ। विभिन्न १७ वटा सूचकमा ८१.९८% नम्बर प्राप्त गरी (मालिका) प्रथम भएको हो।

धुर्कोटले ८०.५२% प्राप्त गरेको छ भने रेसुङ्गाले ७६.७५% नम्बर प्राप्त गरेको छ। रेसुङ्गापछि छत्रकोटले ७६.६५% नम्बर प्राप्त गरेको छ। रुरुक्षेत्रले ७४.०८% नम्बर प्राप्त गरेको छ।

यसैगरी, सत्यवतीले ६८.५८% र कालीगण्डकीले ६५.९७% नम्बर प्राप्त गरेका छन्। गुल्मीदरबारले ६१.१२% नम्बर प्राप्त गरेको छ। चन्द्रकोटले ५६.३२% नम्बर प्राप्त गरेको छ। सबैभन्दा कमजोर इस्मा गाउँपालिकाले ५३.६९% र मुसिकोट नगरपालिकाले ५९.३८% नम्बर प्राप्त गरेका छन्।

सिंचाई
Forest
Ad.

मालिका र धुर्कोट गाउँपालिका प्रायः वर्षेनि उत्कृष्ट नम्बर प्राप्त गर्दै आएका छन्। यी दुई पालिकामा साविकको माओवादी केन्द्र र हालको नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले नेतृत्व गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →