Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सडक दुर्घटनामा दुई जनाको मृत्यु



प्रेम सुनार
१ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी, पुस १८ गते। गुल्मीमा आज बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

बिहान ७:४० बजेको समयमा विद्यार्थीहरू लिएर पिकनिक जाने क्रममा लु.प्र.०१–०० ख ०३५५ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार मालिका गाउँपालिका–६ अर्जेकी अन्दाजी ५५ वर्षीया मनकला अर्याल र सोही स्थानका मोटरसाइकल चालक ३६ वर्षीय बसन्त अर्यालको मृत्यु भएको हो।

उनीहरू दुवै जनालाई अहिले केही बेर अघि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

उहाँका अनुसार सोही मोटरसाइकलमा सवार मनकलाका नाति इस्मा गाउँपालिका–६ टुनिपाटा कल्लेनी टोलका ६ वर्षीय अनुभव गिरी घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका छन्।

त्यस्तै मालिका गाउँपालिका–५ स्थित जमल पोखरा माविकी शिक्षिका लीलावती अर्याल घाइते भएकी हुन्। शिक्षिका अर्यालको अवस्था सामान्य छ। संवेदनशील अंगमा चोट देखिएका बालकलाई पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

अर्जे राम्चेस्थित कच्ची सडकमा सिद्ध इङ्लिस बोर्डिङ स्कुलले पिकनिक जानका लागि भाडामा लिएको उक्त बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु र एक जना बालक, एक महिलासहित दुई जना घाइते भएका हुन्।

मृतक बसन्त अर्याल अर्जे हुलाक सेवाका कर्मचारी हुन् र मनकला अर्जे माविका शिक्षक बुद्धि सागर अर्यालकी आमा रहेको त्यस वडाका वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिनुभयो।

Awareness by SKF

बस चालक धुर्कोट गाउँपालिका–४ जैसीथोकका ४१ वर्षीय चुरा बहादुर थापालाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताउनुभयो।

बाटो हिँड्दै गरेकी छापहिलेस्थित जमल पोखरी माविकी शिक्षिका अर्यालले ठक्कर दिँदा आफू मोटरसाइकलको टायरमुनि लडेको र आफू नबाँच्ने महसुस गरेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →