Smoking Causes Cancer

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते



ओझेलका खबर
९ महिना अगाडि


Place for ads

गुल्मी , कार्तिक -९: आज बिहान अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छ्न । त्यस मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका -५ डाँडाचौपारी स्थित छत्रगंज-सन्धिखर्क सडक खण्डमा छत्रगन्जबाट सन्धीखर्क तर्फ जाँदै गरेको लु १ज ४३५२ नं.को फोर्स गाडी ब्रेक फेल भई बाटोमा पल्टिन जाँदा तत्काल ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रबक्ता प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनु भयो ।

उहाँका अनुसार एक जना मालारानी गाउँपालिका १ बस्ने बर्ष ७० बर्षिय भोजराज भुषालको अबस्था गम्भिर भएका कारण बुटवल रिफर गरिएको छ । अन्य घाईते अर्घाखाँची अस्पताल बाट रिफर भई सकेका छ्न ।

सिंचाई
Forest
Ad.

चालक सहित १५ जना सवार थिए । तत्काल सुचना प्रबाहका लागि प्रहरी निरक्षक शर्माले पठाएको विवरण हामीले जस्ताको त्यस्तै पस्केका छौ ।

९ जना निम्न घाइते:-
१. चालक जिल्लाअर्घाखाँची पाणिनी गा.पा.-८ पाली वस्ने वर्ष २७ को वेल ब.मुखिया वाँया खुममा चोट अवस्था सिरियस ।
२. जिल्ला अर्घाखाँची मालारानी १ बस्ने बर्ष ७० को भोजराज भुषाल छाती र ढाडमा भित्री चोट अबस्था सिरियस
३. ऐ. छत्रदेव ७ बस्ने बर्ष ६८ की कमला देवी पाण्डे टाउको र नाकमा चोट अबस्था मध्यम ।
४. ऐ. मालारानी १ बस्ने बर्ष ६० कि रिमा भुषाल,ढाड र घाँटीमा चोट अबस्था सामान्य ।
५. ऐ. ऐ.बस्ने बर्ष ३५ कि सिता भुषाल टाउको चोट अबस्था सामान्य ।
६. जिल्ला रुपन्देही बुटवल १६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी टाउको चोट अबस्था सामान्य ।
७. जिल्ला अर्घाखाँची मालारानी ७ बस्ने बर्ष १८ कि पुजा पाण्डे दायाँ कानमा चोट अबस्था सामान्य।
८. ऐ.ऐ .बस्ने पुजा पाण्डेको छोरी बर्ष २ कि पवित्रा पाण्डे टाउको चोट अबस्था सामान्य ।
९. जिल्ला अर्घाखाँची छत्रदेव गा.पा. ५ डाडाँचौपारी वस्ने वर्ष २३ कि अञ्जना रसाइली छातीमा भित्री चोट अवस्था मध्यम

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो